लखनउमाथि राजस्थानको रोमाञ्चक जित, अंक तालिकामा गर्‍यो व्यापक सुधार

Image

काठमाडौं ।

भारतमा जारी १५ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले तेस्रो जित निकालेको छ । गएराति सम्पन्न खेलमा लखनउ सुपर जायट्सलाई ३ रनले हराउँदै राजस्थानले तेस्रो जित निकालेको हो ।

चार म्याच खेलेको राजस्थानले एक खेलमा मात्र हार बेहोरेको छ । लखनउले पाँच म्याचमध्ये तीनमा जित र एक खेलमा हारको सामना गरेको छ । आफ्नो पाँचौँ खेलमा राजस्थानले दिएको १६६ रनको लक्ष्य पछ्याएको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनायो ।

उसका लागि मार्कस स्टोइनिसले आक्रामक पारी खेले पनि टोलीलाई जित दिलाउन भने सकेनन् । उनले १७ बलमा चार छक्काको सहयोगमा अविजित ३८ रन बनाए । त्यस्तै, क्विन्टन डिकक ३९, दीपक हूडा २५, कृणाल पाण्ड्या २२ र लुश्मन्था चामेरा १३ रनमा आउट भए । टिमका महत्वपूर्ण खेलाडी केएल राहुल र कृष्णप्पा गौतमले खातासमेत खोल्न सकेनन् ।

राजस्थानका लागि युजवेन्द्र चहलले चार ओभरमा ४१ रन दिएर सर्वाधिक चार विकेट हात पारे । त्यस्तै, टे«न्ट बोल्टले दुई, कुलदीप सेन र प्रसिद्ध कृणाले एक–एक विकेट लिए ।

त्यसअघि मुम्बईस्थित वानखडे स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६५ रन बनायो ।

उसका लागि शिमरोन हेटमायरले उत्कृष्ट ब्याटिङ गरे । उनले ३६ बलमा ६ छक्का र एक चौकासहित अविजित ५९ रनको योगदान दिए । लगातार विकेट गुमिरहेको बेला क्रिजमा आएका हेटमायरले शानदार पारी खेले । साथै, व्यक्तिगत १४ रन बनाएको अवस्थामा कृणाल पाण्ड्याले उनको क्याच छुटाएका थिए । त्यसको फाइदा उठाउँदै हेटमायरले छक्काको वर्षा गरे ।

त्यस्तै, देवदत्त पाडिक्कलले २९, रविचन्द्रन आश्विनले २८, जोस बटलर र कप्तान सञ्जु सामसनले १३÷१३ रन बनाए । रियान पराग आठ र रस्सीभान डर दुसेन चार रनमा आउट भए । लखनउका कृष्णप्पा गौतम, जेसन होल्डरले दुई÷दुई र आवेश खानले एक विकेट लिए ।

यो जितसँगै राजस्थान अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । त्यस्तै, दोस्रोदेदि दशौँसम्म क्रमशः कोलकाता, गुजरात, बैंग्लोर, लखनउ, दिल्ली, पञ्जाब, हैदराबाद, मुम्बई र चेन्नई रहेका छन् ।