आज बलियो टोली ताजिकिस्तानविरुद्ध खेल्दै नेपाल, यसरी हेर्न सकिनेछ लाइभ

Image

काठमाडौं ।

एएफसी फुटसल एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज सोमवार ताजिकिस्तानसँग भिड्दैछ । किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा नेपालले दोस्रो खेलमा ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

खेल नेपाली समय अनुसार बिहान १०ः४५ बजे सुरु हुनेछ । नेपाल आज पहिलो जितको खोजीमा हुनेछ । ताजिकिस्तान फुटसल वरियताको ५४ औं स्थानमा छ । यदि आज नेपालले ताजिकिस्तानलाई हराउन सके इतिहास रच्नेछ ।

हालसम्म नेपालले ताजिकिस्तानलाई हराएको विगत छैन । बलियो टोली ताजिकिस्तानलाई हराउन नेपाललाई सहज भने छैन । पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग ५–१ गोल अन्तरले पराजित भएको थियो । नेपाल र ताजिकिस्तानको खेल किर्गिज स्पोर्ट टिभीबाट हेर्न सकिनेछ । टेलिभिजनले खेलहरू युट्युबबाट पनि लाइभ देखाइरहेको छ ।

उज्वेकिस्तान र नेपालबीचको खेल पनि किर्गिज स्पोर्ट टिभीको युट्युबमा प्रत्यक्ष प्रसारण गरिएको थियो ।
छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले अन्तिम खेलमा अफगानिस्तानसँग २९ चैतमा खेल्ने तालिका रहेको छ ।