नेपाल र अर्जेन्टिनाबीच मैत्रीपूर्ण फुटबल कति सम्भव? मन्त्रीले राखे प्रस्ताव

Image

काठमाडौं ।

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नेपाल र अर्जेन्टिनाबीच मैत्रीपूर्ण फुटबल खेलका लागि प्रस्ताव गरेका छन् । मंगलबार नेपालका लागि अर्जेन्टिनाका राजदूत डा. ह्युगो जाभियर गोवीसँगको भेटका क्रममा खेलकुदमन्त्रीले सो प्रस्ताव गरेका हुन् ।

नेपाल र अर्जेन्टिनाबीच मैत्रीपूर्ण फुटबल खेलका लागि मन्त्रीले गरेको प्रस्तावमाथि राजदूत गोवीले सहमति जनाएको खेलकुदमन्त्रीका प्रेस संयोजक संगीन शर्माले जानकारी दिए ।

सो क्रममा खेलकूदमन्त्रीले मैत्रीपूर्ण खेलबाट दुई देशको सम्बन्ध अझैं प्रगाढ हुने आशा व्यक्त गर्दै राजदूत गोवीमार्फत अर्जेन्टिनाका फुटबल खेलाडीलाई नेपाल भ्रमणको निम्तासमेत दिए ।

टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक शून्यमै आउट हुने चार नेपाली खेलाडी

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली क्रिकेटरका नाममा विभिन्न कीर्तिमान छन् । हालसम्म २० भन्दा बढी खेलाडीले अन्तर्राष्ट्रिय टी-२० म्याच खेलिसकेका छन् । त्यसक्रममा धेरै खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई जित दिलाएका छन् ।

केही खेलाडी भने खराब प्रदर्शनका कारण टिमबाट बाहिरिएका पनि छन् । यद्यपि केही खेलाडीले भने निरन्तर राम्रो प्रदर्शन गर्दै आएका छन् । यद्यपि छोटो इतिहासमा नेपाली खेलाडीको नाममा राम्रा/नराम्रा कीर्तिमान छन् । यसैबीच, आज टी-२० क्रिकेटमा नेपालको तर्फबाट सर्वाधिक शून्यमै आउट हुने चार खेलाडीको चर्चा गर्दैछौँ :

१. प्रदीप ऐरी : नेपालका लागि टी-२० अन्तर्राष्ट्रय क्रिकेटमा सबैभन्दा बढी शून्य आउट हुने खेलाडीको शीर्ष स्थानमा प्रदीपसिंह ऐरीको नाम आउँछ । उनी सर्वाधिक चार पटक शून्यकोे स्कोरमै आउट भएका छन् ।प्रदीपले सन् २०१५ देखि २०१९ सम्म ११ म्याचको ११ पारीमा ८७ रन बनाएका छन् । जसमा उनको उच्च स्कोर २९ रन रहेको छ ।

२. पारस खड्का : यो सूचीको दोस्रो स्थानमा पूर्वकप्तान पारस खड्काको नाम आउँछ । उनी हालसम्म सर्वाधिक तीन पटक शून्यको स्कोरमै आउट भएका छन् । पारसले आजसम्म नेपालका लागि ३३ म्याचको ३२ पारीमा ७ सय ७९ रन बनाएका छन् । उनको अन्तर्राष्ट्रिय क्रिकेटमा उच्च स्कोर १ सय ६ रन हो ।

३. पवन सराफ : नेपालका लागि टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा शून्यमै आउट हुने तेस्रो खेलाडी पवन सराफ हुन् । उनी आजम्म तीन पटक खाता नखोलरै आउट भएका छन् । पवनले नेपालका लागि आजसम्म १२ म्याचको ११ पारीमा १ सय ४ रन बनाएका छन् । जसमा उनको वेष्ट स्कोर २७ रनको हो ।

४. आसिफ शेख : टी–२० मा सर्वाधिक शून्यमै आउट हुने सूचीको चौथामो ओपनर आसिफ शेखको नाम आउँछ । उनी हालसम्म १८ म्याच खेल्दा ३ पटक शून्यमै आउट भएका छन् । आसिफले अहिलेसम्म २ अर्धशतकको मद्दतमा ४४४ रन बनाएका छन् । तीन पटक शून्यमै आउट भए पनि उनले टी–२० मा सन्तोषनक प्रदर्शन गर्दै आएका छन् ।