‘ओरेन्ज क्याप’का लागि बटलर र पाण्ड्याबीच कडा टक्कर, कसको स्थान कहाँ? [सूचीसहित]

Image

काठमाडौं ।

भारतमा जारी आईपीएलको १५ औँ सिजनमा सर्वाधिक रन अर्थात् ओरेन्ज क्याप दौडमा गुजरात टाइटन्सका कप्तान हार्दिक पाण्ड्या दोस्रो स्थानमा उक्लिएका छन्। उनी चेन्नई सुपर किंग्स (सिएसके) का अलराण्डर शिवम् दुबेलाई पछि पार्दै दोस्रोमा उक्लिएका हुन्।

हार्दिकले गएराति राजस्थान रोयल्सविरुद्ध अविजित ८७ रनको उत्कृष्ट पारी खेलेका थिए। उनले ५ म्याच खैल्दा २ सय २८ रन बनाएका छन्। जसमा उनले २ अर्धशतकीय पारी खेलेका छन्। सर्वाधिक रन बनाउने सूचीकाे शीर्ष स्थानमा भने फेरि राजस्थान रोयल्सका ओपनिङ ब्याटर जोस बटलर उक्लिएका छन्।

गएरातिको खेलमा केही बेर हार्दिक शीर्षमा पुगेका थिए । तर, केही समयमै बटलरले उनलाई पछि पारे । बटलरले ५ म्याच खेल्दै २ सय ७२ रन बनाएका छन् । उनले यो सिजनमा शतक पनि बनाइसकेका छन् ।

उनले मुम्बईविरुद्ध शतक बनाएका थिए। साथै, बटलरले जारी सिजनमा दुई अर्धशतक पनि बनाएका छन् । सर्वाधिक रन बनाउने सूचीकाे तेस्रो स्थानमा खेलाडी चेन्नई सुपर किंग्स (सिएसके) का अलराण्डर शिवम् दुबे छन्।

उनले ५ म्याच खेल्दै २ सय ७ रन बनाएका छन्। जसमा उनले दुई अर्धशतकीय पारी खेलेका छन्। जारी सिजनमा सर्वाधिक रन बनाउने चौथो खेलाडी गुजरात टाइटन्सका ओपनिङ ब्याटर शुभमन गिल हुन्। उनले ५ म्याचमा २ सय रन बनाएका छन्। जसमा गिलले दुई अर्धशतकीय पारी खलेका छन्।

जारी सिजनमा २४ औँ खेलको समाप्तिमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीको पाँचौँ स्थानमा पञ्जाब किंग्समा ओपनिङ ब्याटर शिखर धवन र राजस्थान रोयल्सका ब्याटर शिमरोन हेटमायर रहेका छन्। जसमा धवन र हेटमायरले समान १ सय ९७ रन बनाएका छन् । २४ म्याच सकिँदा सर्वाधिक रन बनाउने १० ब्याटर। हेर्नुस् सूची :