आईपीएलको १५ बर्से इतिहासमा ह्याट्रिक लिने १८ बलर [सूचीसहित]

Image

काठमाडौं ।

विश्व क्रिकेटमा इण्डियन प्रिमियर लिग (आईपीएल) लोकप्रियता अलग्गै छ । यो लिग खेल्न हरेक क्रिकेटरका सपना हुन थालेको छ । आईपीएलमा पुगेपछि कयौं खेलाडीको जीवनले कोल्टे फरेको छ ।

लिगकै कारण उनीहरू रातारात करोडपति भएका छन् । साथै, उनीहरूले आईपीएलमै गरेको प्रदर्शनका कारण अन्तर्राष्ट्रिय क्रिकेटमा पनि डेब्यूको अवसर पाएका छन् । आईपीएलमा ह्याट्रिक लिनु खेलाडीका लागि थप अर्को सपना साकार पार्नु हो ।

आईपीएलको १५ बर्से इतिहासमा १८ बलरले ह्याट्रिक लिएका छन् । जसमा अमित मिश्रा र युवराज सिंहले एकभन्दा बढी ह्याट्रिक लिएका छन् । यी हुन् हालसम्म आईपीएलमा ह्याट्रिक लिने बलर :

१. लक्ष्मीपति बालाजी (चेन्नई सुपर किंग्स) विरुद्ध किंग्स इलावेन पञ्जाब, २००८ । २– अमित मिश्रा (दिल्ली डेयरडेभिल्स) विरुद्ध डेक्कन चार्जर्स, २००८ । ३– मखाया एन्टोनी (चेन्नई सुपर किंग्स) विरुद्ध कोलकाता नाइट राइडर्स, २००८ । ४– युवराज सिंह (किंग्स इलाभेन पञ्जाब) विरुद्ध रोयल च्यालेन्जर्स बैंगलोर, २००९ ।

५– रोहित शर्मा (डेक्कन चार्जर्स) विरुद्ध मुम्बई इन्डियन्स, २००९ । ६– युवराज सिंह (किंग्स इलाभेन पञ्जाब) विरुद्ध डेक्कन चार्जर्स, २००९ ।
७– प्रवीण कुमार (रोयल च्यालेन्जर्स बैंगलोर) विरुद्ध राजस्थान रोयल्स, २०१० । ८– अमित मिश्रा (डेक्कन चार्जर्स) विरुद्ध किंग्स इलाभेन पञ्जाब, २०११ । ९– अजित चण्डिला (राजस्थान रोयल्स) विरुद्ध पुणे वारियर्स भारत, २०१२

१०– सुनिल नारायण (कोलकाता नाइट राइडर्स) विरुद्ध किंग्स इलाभेन पञ्जाब, २०१३ । ११– अमित मिश्रा (सनराईजर्स हैदराबाद) विरुद्ध पुणे वारियर्स भारत, २०१३ । १२– प्रवीण ताम्बे (राजस्थान रोयल्स) विरुद्ध कोलकाता नाइट राइडर्स, २०१४ । १३– शेन वाट्सन (राजस्थान रोयल्स) विरुद्ध सनराइजर्स हैदरावाद, २०१४ । १४– अक्षर पटेल (किंग्स इलाभेन पञ्जाब) विरुद्ध गुजरात लायन्स, २०१६

१५– स्यामुअल बद्री (रोयल च्यालेन्जर्स बैंगलोर) विरुद्ध मुम्बई इन्डियन्स, २०१७ । १६– एन्ड्रयू टाय (गुजरात लायन्स) विरुद्ध राइजिङ पुणे सुपरजायन्ट्स, २०१७ । १७– जयदेव उनादकट (राइजिङ पुणे सुपर जायन्ट्स) विरुद्ध सनराइजर्स हैदरावाद २०१७ । १८– साम करन (किंग्स इलेभेन पञ्जाब) विरुद्ध दिल्ली क्यापिटल्स, २०१९

१९– श्रेयस गोपाल (राजस्थान रोयल्स) विरुद्ध रोयल च्यालेन्जर्स बैंगलोर, २०१९ । २०– हर्षल पटेल (रोयल च्यालेन्जर्स बैंगलोर) विरुद्ध मुम्बई इन्डियन्स, २०२१ । २१– युजवेन्द्र चहल (राजस्थान रोयल्स) विरुद्ध कोलकाता नाइट राइडर्स, २०२२