लिभरपुल र युनाइटेडको खेल आज, यस्तो छ दुवै टोलीकाे हेड टु हेड नतिजा

Image

काठमाडौं ।

इंग्लिस प्रिमियर लिगमा सर्वाधिक चासोको साथ हेरिएको लिभरपुल र म्यानचेस्टर युनाइटेडबीचको खेल आज हुँदैछ । यी दुई टोलीबीचको खेल लिभरपुलको घरेलु मैदान एनफिल्डमा नेपाली समयअनुसार राति पौने १ बजे हुनेछ ।

उपाधि सम्भावना कायमै राख्न लिभरपुललाई यो खेल जित्नैपर्ने दबाब छ । शीर्ष चारमा रहन युनाइटेडका लागि पनि यो खेल उत्तिकै महत्वपूर्ण छ । यही सिजनको पहिलो भेटमा लिभरपुलले युनाइटेको घरेलु मैदान ओल्ड ट्राफोर्डमा ५–० को फराकिलो जित निकालेको थियो ।

राम्रो लयमा देखिएको ऊ घरेलु मैदानको फाइदा उठाउँदै जित हात पार्ने प्रयासमा हुनेछ । पछिल्लो समय लय समात्दै गरेको युनाइटेड पनि आज जित निकाल्दै लिभरपुलको उपाधि दौडमा बाधक चाहन्छ ।

हालसम्म यी दुईले एकअर्काविरुद्ध २३६ पटक खेलेका छन् । जसमा युनाइटेडले ८९ र लिभरपुलले ७९ जित हात पारेका छन् । यी दुई टोलीबीचको ६८ खेल भने बराबरीमा सकिएको छ ।
इतिहासमा युनाइटेड बलियो देखिएको छ । तर, पछिल्लो पाँच खेलमा भने लिभरपुल हाबी देखिन्छ । पाँच खेलमा युनाइटेडले तीन खेल गुमाउँदा समान एक जित र बराबरीको नतिजा निकालेको छ ।