Khabar Board
Flash logo up side
flash header

प्रशिक्षणबाट खेलाडी बाहिरिएपछि यस्तो भन्छन् कप्तान किरण चेमजोङ

Nirbachan m

काठमाडौं ।

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेमजोङले प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेलाडीप्रति देखाएको व्यवहारमा असन्तुष्टि जनाएका छन्।

हाल माल्दिभ्समा रहेका किरणले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो असन्तुष्टि जनाउँदै खेलाडीको पक्षमा रहेको बताएका हुन्।

‘राष्ट्रिय टोलीको प्रशिक्षणमा खेलाडीप्रति प्रशिक्षकबाट गरिएको व्यवहारप्रति मेरो असन्तुष्टि छ। राष्ट्रिय टोलीको क्याम्पमा जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प नै छोड्न लगाउनु पक्कै सहि होइन। टोलीको कप्तान र एक सदस्यको हिसाबले म सधैं खेलाडीको पक्षमा छु,’ उनले लेखेका छन्।

प्रशिक्षक अलमुताइरीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै ९ खेलाडीले छाडे प्रशिक्षण क्याम्प

राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय टिमको क्याम्पबाट ९ जना खेलाडी बाहिरिएका छन्। सिनियर खेलाडी रोहित चन्दसहित ९ खेलाडीले प्रशिक्षण क्याम्प छाडेका हुन्।

सुरूमा रोहितले प्रशिक्षकको कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए। उनले खेलाडीको सुविधाको विषयमा कुरा गर्दा प्रशिक्षक रिसाएको बुझिएको छ। रोहितले खेलाडीको खाने-बस्ने सुविधाको विषयमा प्रशिक्षणका कुरा गर्दा प्रशिक्षक अलमुताइरी रिसाएका थिए।

स्रोतका अनुसार रोहितको असन्तुष्टिपछि प्रशिक्षक अलमुताइरीले प्रशिक्षण क्याम्प छाड्न सक्ने भनेका थिए। यद्यपी राष्ट्रिय टिमका व्यवस्थापक मधुसुदन उपाध्यायले भने रोहितले चोटका कारण केही दिनदेखि अभ्यासमा नआएको बताएका छन्।

एएफसी एसियन कप २०२३ को छनोटका लागि अहिले नेपाली टिमलाई बन्द प्रशिक्षणमा राखिएको छ। अघिल्लो सातादेखि बोलाइएको प्रशिक्षणमा २५ खेलाडीलाई बोलाइएको थियो।

Center article

एन्फा स्रोतका अनुसार मंगलबार साँझको टिम मिटिङपछि विशाल राई, अनन्त तामाङ, विमल घर्तिमगर, अन्जन विष्टसहित खेलाडीले होटल छाडेका थिए। जसका कारण बुधबारको अभ्यासमा रोहितसहित ९ खेलाडी अनुपस्थित थिए।

राष्ट्रिय टिमको व्यवस्थापन पक्षले खेलाडीहरूले प्रशिक्षण क्याम्प छाडेको जानकारी अखिल नेपाल फुटबल संघ (एन्फा) लाई जानकारी दिइसकेको स्रोतको भनाइ छ।

यस विषयमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले भने स्पष्ट कुरा गर्न चाहेनन्। उनले आफू अहिले बाहिर भएकाले पछि कुरा गर्ने बताए। तर उनले खेलाडी र प्रशिक्षकबीच विवाद भएको कुरा नकारेनन्।

नेपालले आगामी जेठ ११ र जेठ १५ मा अफगानिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ। नेपालले एसियन कपको छनोटअघि मैत्रीपूर्ण खेल खेल्न लागेको हो। एक महिना स्वदेशमा अभ्यास गरेपछि नेपाली टिम कतार जाने कार्यक्रम छ।

एसियन कप छनोटमा नेपाल कठिन समूहमा छ। समूह ‘ए’ मा नेपालसहित जोर्डन, कुवेत र इन्डोनेसिया छन्। समूहको शीर्ष टिम एसियन कपमा छनोट हुनेछ भने दोस्रो हुने टिमको पनि सम्भावना हुनेछ।

नेपाल सम्मिलित समूहका खेल कुवेतमा हुनेछन्। खेलहरू जेठ २५ मा सुरु भएर जेठ ३१ मा सकिनेछन्। नेपालले आफ्नो पहिलो खेलमा जोर्डनसँग २५ जेठमा कुवेत सिटीमा प्रतिस्पर्धा गर्नेछ। यस्तै नेपालले २८ जेठमा कुवेत र ३१ जेठमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ।

छनोटका लागि घोषणा गरिएको नेपाली टिम

किरण कुमार लिम्बु (गोलकिपर), दीप कार्की (गोलकिपर), विशाल श्रेष्ठ (गोलकिपर), अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विकास खवास, विमल घर्तिमगर, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनील बल, सुरजज्यू ठकुरी, तेज तमाङ, विशाल राई

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.