Khabar Board
Flash logo up side
flash header

आठौं हारपछि मुम्बईले जितको खाता खोलेपछि यस्तो भन्छन् रोहित शर्मा

Nirbachan m

काठमाडौं ।

मुम्बई इण्डियन्सले लगातार आठ खेलमा हार बेहोरेपछि गएराति जारी आईपीएलमा पहिलो जित हात पार्‍यो । उसले राजस्थान रोयल्सलाई पाँच विकेटले हराउँदै पहिलो जित हात पारेको हो ।

आईपीएल इतिहासमा मुम्बईले पहिलोपटक आठ हारपछि पहिलो जित निकालेको हो । टिमको नवौं खेलमा मुम्बईले जित निकाल्दै कप्तान रोहित शर्मालाई उपहार दिएको छ । यस जितलाई लिएर उनले प्रतिक्रिया पनि दिएका छन् ।

‘हो हामी यसरी खेल्छौं । वास्तविक क्षमता राजस्थानविरुद्ध बाहिर आयो । विशेष गरी बलबाट हामीले राम्रो गर्न सक्यौं । उनीहरूले पनि ब्याटिङमा हामीलाई दबाब दिएका थिए । जब तपाईसँग यस्तो सिजन हुन्छ, तपाई आफ्नो संयोजनको बारेमा निश्चित हुनुहुन्न । तपाईं धेरै चीजहरू प्रयास गर्न चाहनुहुन्छ । बलले यहाँ क्याच समात्छ, पिचहरू अन्यत्र समतल छन्। हामी प्रयास गर्छौं,’ रोहितले भने ।

उनले यसपालि भएका कमजोरीबाट पाठ सिक्नुपर्ने पनि बताए । आउँदो खेलमा कमजोरी सुधार गर्दै सुखद अन्त्य गर्ने आफ्नो लक्ष्य रहेको पनि बताए । आफ्नो नवौं खेलमा राजस्थानले दिएको १५९ रनको लक्ष्य मुम्बईले १९.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो । उसका लागि सूर्यकुमार यादवले अर्धशतकीय पारी खेले ।

Center article

उनले ३९ बलमा पाँच चौका र दुई छक्कासहित ५१ रन बनाए । त्यस्तै, तिलक वर्माले ३५, इशान किशनले २६, टिम डेविडले अविजित २० र किरण पोलार्डले १० रनको योगदान दिए । डानियल साम्स ६ रनमा अविजित रहँदा कप्तान रोहित शर्मा दुई रनमै आउट भए । राजस्थानका लागि ट्रेन्ट बोल्ट, प्रसिद्ध कृष्णा, युजवेन्द्र चहल र कुलदीप सेनले एक/एक विकेट लिए ।

त्यसअघि मुम्बईस्थित डिआर डिवाइ पाटिल स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५८ रन बनायो । उसका लागि जोस बटलरले ५२ बलमा चार छक्का र पाँच चौकासहित ६७ रन बनाए ।

त्यस्तै, रविचन्द्रन आश्विन २१, डारियल मिचेल १७, कप्तान सञ्जु सामसन १६ र देवदत्त पाडिक्कल १५ रनमा आउट भए । बुम्बईका लागि रिली मेरिडिथ, ऋतिक शोकीनले दुई/दुई, कुमार कार्तिक्य र डानियल साम्सले एक/एक विकेट लिए । मुम्बईसँगको हारका बाबजुद राजस्थान अंक तालिकाको दोस्रो स्थानमा कायमै छ । उसले ९ म्याच खेल्दा ६ मा जित र तीन खेलमा हार बेहोरेको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.