Khabar Board
Flash logo up side
flash header

खेलाडी विवादबारे अलमुताइरीले एन्फालाई पठाए यस्तो पत्र

Nirbachan m

काठमाडौं ।

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेलाडी विवादबारे अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेखेका छन् ।

राष्ट्रिय टोलीका खेलाडीले आफूहरुलाई प्रशिक्षक अलमुताइरीले पटक पटक क्याम्प छोड्न निर्देशन दिएको दावी गर्दै विहीबार पत्रकार सम्मेलन गरेका थिए । तर अलमुताइरीले आइतबार विहान महासचिव तुलाधरलाई पत्र लेख्दै खेलाडीले खबर नगरी क्याम्प छोडेको बताएका छन् । उनले पत्रमार्फत महासचिव तुलाधरलाई आफू खेलाडीले गरेको पत्रकार सम्मेलनले निकै दु:ख लागेको बताएका छन् ।

Center article

अलमुताइरीले खेलाडीले आफूलाई लगाएको आरोपका लागि उनीहरुलाई माफी दिएको र एन्फालाई कुनै कारवाही नगर्न आग्रह पनि गरेका छन् । उनले आफू राष्ट्रिय टोलीको प्रशिक्षकको रुपमा निरन्तर काम गर्न इच्छुक रहेको पनि बताएका छन् । उनले राष्ट्रिय टोलीको निर्माण गर्न पाउनु आफ्नो अधिकार रहेको र त्यसै अनुरुप एसियन कप छनोटका लागि भने बाहिर रहेका खेलाडीलाई नराख्ने प्रष्ट पारेका छन् । उनले एसियन कप छनोटमा जस्तोसुकै नतिजा आएपनि आफू जिम्मेवार रहने बताएका छन् ।

यस्तो छ पत्र :

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.