Khabar Board
Flash logo up side
flash header

नेपालले दियो जिम्बाब्बवेलाई कीर्तिमानी लक्ष्य, आदिलले खेले विस्फोटक पारी

Nirbachan m

काठमाडौं ।

टी–२० सिरिजको पहिलो खेलमा नेपालले पाहुना टोली जिम्बाब्बवे ‘ए’ लाई नेपालले १८२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८१ रन बनायो । टी–२० क्रिकेटमा नेपालले जिम्बाब्वेलाई दिएको यो हालसम्मकै बलियो लक्ष्य हो ।

नेपालका लागि मोहम्मद आलिल आलमले उत्कृष्ट पारी खेले । उनले २७ बलमा चार चौका र तीन छक्कासहित अविजित ४७ रन बनाए । त्यस्तै, कुशल भुर्तेलले ३१ बलमा आठ चौकासहित ४६, रोहितकुमार पौडेलले २६ बलमा दुई चौका र एक छक्काको सहयोगमा ३६ रनको योगदान दिए ।

Center article

दीपेन्द्रसिंह ऐरीले १३ बलमा दुई छक्का र एक चौकाको सहयोगमा २८ रन जोडे । आसिफ शेख ९, आरिफ शेख दुई र करण केसी चार रनमा अविजित रहे । जिम्बाब्वे एका लागि जोन मसरा, ब्रेण्डन मभुता, ल्युक जोग्वें र ब्राड इभन्सले एक/एक विकेट लिए ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.