Khabar Board
Flash logo up side
flash header

यी तीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, जहाँ १० वर्षयता म्याच भएकाे छैन

Nirbachan m

काठमाडौं ।

भारतमा क्रिकेट मैदानको अभाव छैन। त्यहाँ ठाउँठाउँमा क्रिकेट मैदान छन्। भारतको हरेक राज्यका विभिन्न सहरमा क्रिकेट स्टेडियम छन्। त्यहाँ कुनैकुनै राज्यमा त तीन वा त्योभन्दा बढी स्टेडियम पनि छन्। यसमा महाराष्ट्र र गुजरातको नाम प्रमुख रूपमा लिन सकिन्छ। धेरै नयाँ सहरहरूमा क्रिकेट स्टेडियम पनि बनेका छन् । जसमा देहरादून र लखनउको नाम आउँछ ।

यद्यपि राँची, धर्मशाला र रायपुरका स्टेडियम पनि नयाँ हुन्। भारतमा केही स्टेडियम पनि छन् जसको ठाउँमा नयाँ रंगशाला निर्माण भएको छ । अहमदाबादको मोटेरा स्टेडियम यसको उदाहरण हो। नागपुरको विदर्भ क्रिकेट मैदान पनि नयाँ बनाइएको छ । यीबाहेक पनि धेरै रंगशाला बनेका छन्, जहाँ धेरै सुधार भएको छ ।

यी सबैको बीचमा धेरै स्टेडियम यस्ता पनि छन् जहाँ वर्षौंदेखि खेल हुन सकेका छैनन् । अर्को शब्दमा भन्नुपर्दा ती स्टेडियमलाई समर्थकले नै बिर्सिएका छन्। १०/१५ वर्ष बितिसक्दा पनि भारतका केही क्रिकेट मैदानमा कुनै पनि अन्तर्राष्ट्रिय खेल हुन सकेको छैन । जस्तो यी तीन रंगशाला :

Center article

क्याप्टेन रूप सिंह स्टेडियम, ग्वालियर : यो त्यही मैदान हो जहाँ सचिन तेन्दुलकरले विश्व क्रिकेटको पहिलो दोहोरो शतक बनाएका थिए । दक्षिण अफ्रिकाविरुद्धको यो खेल सन् २०१० मा भएको थियो । त्यसयता क्याप्टेन रूप सिंह स्टेडियममा कुनै पनि अन्तर्राष्ट्रिय खेल भएको छैन । यो स्टेडियमको सट्टा अब इन्दौरमा खेल हुन्छन् । जसकारण अहिले क्याप्टेन रूप सिंह स्टेडियम छायामा परेको छ ।

केनान स्टेडियम, जमशेदपुर : भारत र इंग्ल्याण्डबीचको अन्तिम एकदिवसीय खेल सन् २००६ मा यही मैदानमा भएको थियो । इंग्ल्याण्डले यही मैदानमा भारतीय टोलीलाई हराएको थियो । त्यसपछि यो मैदानमा अहिलेसम्म कुनै पनि अन्तर्राष्ट्रिय खेल भएको छैन । राँचीमा स्टेडियम बनेपछि केनान स्टेडियम बेवास्तामा परेको छ । धेरै खेलप्रेमीहरूलाई यहाँ अन्तिम खेल कहिले भएको थियो भन्ने याद पनि छैन।

बरकतुल्लाह खान स्टेडियम, जोधपुर : यो रंगशालामा खेलहरू नभएको १८ वर्ष भइसक्यो । बरकतुल्लाह खान स्टेडियममा अन्तिमपटक भारत र वेस्ट इण्डिजले सन् २००२ मा एकदिवसीय म्याच खेलेका थिए । उक्त खेलमा भारतले वेस्ट इण्डिजलाई हराएको थियो । जयपुरमा रहेको सवाई मानसिंह स्टेडियमका कारण अहिले बरकतुल्लाह खान स्टेडियम प्राथमिकतामा परेको छैन ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.