Khabar Board
Flash logo up side
flash header

जिम्बाब्वेसँगको प्रदर्शनप्रति सन्दीप कति सन्तुष्ट? बताए हारको मुख्य कारण

Nirbachan m

काठमाडौं ।

जिम्बाब्वे ‘ए’ सँगको टी–२० सिरिजको पहिलो खेलमा पराजित भएपछि नेपाली टिमका कप्तान सन्दीप लामिछानेले प्रतिक्रिया दिएका छन् । उनले खेलमा कहिले काहीँ हार्न जरुरी हुने र हारको स्वाद नचाखी जित कस्तो हुन्छ थाहा नहुने प्रतिक्रिया दिएका हुन् ।

‘कहिलेकाहीँ हार्न जरुरी हुन्छ यसले हामीलाई दह्रो भएर पुनरागमन गर्न मद्दत गर्छ । खेलाडीको रूपमा मलाई के लाग्छ भने हार्नु जीवनमा एकदमै जरुरी कुरा हो । हारको स्वाद नचाखी जित कस्तो हुन्छ थाहा हुँदैन,’ खेलपछि आयोजित पत्रकार सम्मेलनमा सन्दीपले भने ।

Center article

उनले जिम्बाब्वे नेपालले भन्दा धेरै राम्रो प्रदर्शन गरेको र आफ्नो टिमले बलिङमा सोचेजस्तो प्रदर्शन नगरेको पनि बताए । ‘हामीले स्विकार्नु पर्छ जिम्बावेले हामीले भन्दा राम्रो खेलेको हो । पावर प्ले भन्दा पनि हाम्रो फिनिसिङ राम्रो हुन सकेन । बलिङमा अझै राम्रो गर्न सक्थ्यौँ । विकेटहरू निकाल्न सक्थ्यौँ तर जिम्बाब्वेका कप्तानले साँच्चै नै राम्रो प्रदर्शन गरे, उनले भने ।’

पहिलो खेलमा नेपालका कुनै पनि महत्वपूर्ण बलरले राम्रो प्रदर्शन गर्न सकेनन् । विशेष गरी आज सन्दीप महँगा सावित भए । उनले चार ओभरमा एक विकेट लिएर ५० रन खर्चिए । त्यस्तै, सोमपाल कामीले २ ओभरमा १९ र अविनाश बोहराले २ ओभरमा ३० रन दिए । आज डेब्यू गरेका बसिर अहमदले ३.५ ओभरमा महत्वपूर्ण २ विकेट लिएर २२ रन मात्र दिए ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.