चेन्नईले दियो हैदराबादलाई विशाल लक्ष्य, गायकवाड र कन्वेले गरे चौका/छक्काको वर्षा

Image

काठमाडौं ।

भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) को ४६ औं खेलमा चेन्नई सुपर किंग्स (सिएसके) ले सनराइजर्स हैदराबादलाई २०३ रनको लक्ष्य दिएको छ । पुणेस्थित महाराष्ट्र क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको चेन्नईले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २०२ रन बनायो ।

उसका लागि ऋतुराज गायकवाडले ५७ बलमा ६ चौका र ६ छक्कासहित ९९ रन बनाए । त्यस्तै, डेभन कन्वेले ५५ बलमा आठ चौका र दुई छक्काको सहयोगमा अविजित ८५ रनको योगदान दिए । उनी गायकवाडबीच पहिलो विकेटका लागि १०७ बलमा १८२ रनको साझेदारी गरे ।

कप्तान महेन्द्रसिंह धोनी आठमा आउट हुँदा रवीन्द्र जडेजा एक रनमा अविजित रहे । हैदराबादका लागि टी नटराजनले मात्र दुई विकेट लिन सके । जारी सिजनमा हैदराबादले आठ म्याच खेल्दा पाँचमा जित र तीन खेलमा हार बेहोरेको छ । चेन्नईले आठ म्याचमध्ये दुई खेलमा मात्र जित हात पारेको छ ।