Khabar Board
Flash logo up side
flash header

धोनीको कमब्याक कप्तानीमा चेन्नईको रोमाञ्चक जित, यस्तो बन्यो ४६ म्याच सकिँदा अंक तालिका

Nirbachan m

काठमाडौं ।

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा चेन्नई सुपर किंग्स (सिएसके) ले तेस्रो जित हात पारेको छ । गएराति भएको खेलमा सनराइजर्स हैदराबादलाई १३ रनले हराएसँगै चेन्नईले लिगमा तेस्रो जित हात पारेको हो । उसले नौ म्याच खेल्दा ६ खेलमा भने हार बेहोरेको छ ।

यता हैदराबादको यो लगातार दोस्रो तथा समग्रमा चौथो हार हो । आफ्नो नवौं खेलमा चेन्नईले दिएको २०३ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८९ रन मात्र बनाउन सक्यो । उसका लागि विकेटकिपर निकोलस पूरनले आक्रामक पारी खेले पनि टिमलाई जित दिलाउन भने चुके ।

३३ बलमा ६ छक्का र तीन चौका हिर्काएका पूरनले अविजित ६४ रन बनाए । त्यस्तै, कप्तान केन विलिम्सन ४७, अभिषेक शर्मा ३९, एडन मार्कम १७ र सशांक सिंह १५ रनमा आउट भए । चेन्नईका लागि मुकेश चौधरी चार ओभरमा ४६ रन दिएर सर्वाधिक चार विकेट हात पारे । त्यस्तै, मिचेल सान्टनर र ड्वेन प्रिटोरियसले एक–एक विकेट हात पारे ।

त्यसअघि पुणेस्थित महाराष्ट्र क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको चेन्नईले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २०२ रन बनायो । उसका लागि ऋतुराज गायकवाडले ५७ बलमा ६ चौका र ६ छक्कासहित ९९ रन बनाए ।

Center article

त्यस्तै, डेभन कन्वेले ५५ बलमा आठ चौका र दुई छक्काको सहयोगमा अविजित ८५ रनको योगदान दिए । उनी गायकवाडबीच पहिलो विकेटका लागि १०७ बलमा १८२ रनको साझेदारी गरे । कप्तान महेन्द्रसिंह धोनी आठमा आउट हुँदा रवीन्द्र जडेजा एक रनमा अविजित रहे । हैदराबादका लागि टी नटराजनले मात्र दुई विकेट लिन सके ।

हारका बाबजुद पनि हैदराबाद अंक तालिकाको चौथो स्थानमा यथावत रहेको छ । चेन्नई ६ अंकका साथ तालिकाको नवौं स्थानमा छ । शीर्षमा भने गुजरात टाइटन्स छ । उसले ९ म्याचमा १६ अंक जोडिसकेको छ ।

हैदराबाद र चेन्नईको खेलपछि यस्तो बन्यो अंक तालिका :

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.