Khabar Board
Flash logo up side
flash header

जिम्बाब्वेविरुद्ध जित्नैपर्ने दबाबमा नेपाल, यस्तो छ सम्भावित प्लेइङ–११

Nirbachan m

काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले जिम्बावे ‘ए’ विरुद्धको टी–२० सिरिजअन्तर्गत दोस्रो खेल आज खेल्दैछ । नेपाल र जिम्बावे ‘ए’ बीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ ।

सिरिजअन्तर्गत नेपाल पहिलो खेलमा आइतबार ६ विकेटले पराजित भएको थियो । सिरिजमा जीवित रहन नेपालले आजको खेल जित्नैपर्ने हुन्छ । नेपाल आज हारको बदला लिने तयारीसहित मैदानमा उत्रिँदा जिम्बाब्वे लगातार जितको खोजीमा हुनेछ । आजको खेलमा पनि नेपालले अघिल्लो खेलकै प्लेइङ–११ लाई निरन्तरता दिने सम्भावना छ ।

आईसीसी पुरुष क्रिकेट विश्व कप लिग-२ अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीस्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेलेको हो । सिरिज अन्तर्गत नेपालले पाहुना टोली जिम्बाब्वे ‘ए’सँग तेस्रो खेल बुधबार खेल्नेछ । टी–२० सिरिजपछि नेपाल र जिम्बाब्वे ‘ए’ ले तीन खेलकै एकदिवसीय सिरिज खेल्ने भएका हुन् ।

Center article

नेपालको सम्भावित प्लेइङ–११ : सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, अविनाश बोहरा र बसिर अहमद ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.