Khabar Board
Flash logo up side
flash header

जिम्बाब्वेविरुद्ध नेपालले टस जित्यो, प्लेइङ-११ मा एक खेलाडी परिर्वतन

Nirbachan m

काठमाडौं ।

टी–२० सिरिजको दोस्रो खेलमा घरेलु टोली नेपालले जिम्बाब्वे ‘ए’ विरुद्ध टस जितेर पहिला बलिङ गर्ने भएको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

सिरिजअन्तर्गत नेपाल पहिलो खेलमा आइतबार ६ विकेटले पराजित भएको थियो । सिरिजमा जीवित रहन नेपालले आजको खेल जित्नैपर्ने हुन्छ । नेपाल आज हारको बदला लिने तयारीसहित मैदानमा उत्रिँदा जिम्बाब्वे लगातार जितको खोजीमा हुनेछ ।

आईसीसी पुरुष क्रिकेट विश्व कप लिग-२ अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीस्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेलेको हो । सिरिज अन्तर्गत नेपालले पाहुना टोली जिम्बाब्वे ‘ए’सँग तेस्रो खेल बुधबार खेल्नेछ ।

Center article

टी–२० सिरिजपछि नेपाल र जिम्बाब्वे ‘ए’ ले तीन खेलकै एकदिवसीय सिरिज खेल्ने भएका हुन् । नेपालले आज टोलीमा एक परिवर्तन गरेको छ । आज आरिफ शेखको स्थानमा भीम सार्कीले मौका पाएका हुन् ।

नेपालको प्लेइङ–११ : सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), करण केसी, रोहितकुमार पौडेल, दिपेन्द्रसिंह ऐरी, भीम सार्की , सोमपाल कामी, आदिल अन्सारी, अविनाश बोहरा र बसिर अहमद ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.