Khabar Board
Flash logo up side
flash header

नेपाल र जिम्बाब्वेबीचको खेलमा वर्षा बाधक, यस्तो छ अर्को म्याचको मिति

Nirbachan m

काठमाडौं ।

नेपाल र जिम्बाब्बेबीचको दोस्रो टी-२० खेल वर्षाका कारण स्थगित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जिटेर जिम्बाब्बेलाई ब्याटिङ निम्तो दिएका थिए ।

वर्षा हुनुअघि जिम्बाब्बेले चार ओभर तीन बलमा दुई विकेटको क्षतीमा ४८ रन बनाउदा खेल रोकिएको थियो । एक पटक पानी रोकिएर खेल सुरु हुने अवस्थामा खेल १८ ओभरमा खेलाइने निर्णय भएको थियो । तर, पुनः वर्षा हुँदा खेल सुरु हुन सकेन ।

Center article

पहिलो खेलमा ६ विकेटले पराजित नेपाली राष्ट्रिय क्रिकेट टिम दोस्रो खेलमा हारको बदला लिँदै शृंखला १-१ को अवस्थामा ल्याउन चाहन्थ्यो । तर, सफल हुन सकेन। तेस्रो तथा अन्तिम टी-२० बुधबार हुनेछ । त्यसपछि तीन एकदिवसीय खेल हुने क्यानले जनाएको छ ।

नेपालले अमेरिकामा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को तयारी स्वरुप जिम्बाब्बेसँग खेल्न लागेको हो । यसअघि पहिला तीन एकदिवसीय खेल र त्यसपछि तीन टी-२० खेल हुने बताइए पनि वर्षाका कारण पहिला टी-२० अगाडि सारिएको थियो ।

 

 

 

 

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.