Khabar Board
Flash logo up side
flash header

रोहित चन्दको फुटबल संघर्षबारे यस्तो भन्छन् किरण चेम्जोङ

Nirbachan m

काठमाडौं ।

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले सरकारले खेलकुदमा पर्याप्त लगानीका साथै पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताएका छन् । एक राष्ट्रिय टेलिभिजनसँगको अन्तर्वार्तामा उनले नेपाली फुबटलको तीव्र विकासका लागि सरकारको साथ महत्वपूर्ण हुने बताएका हुन् ।

किरणले सीमित पूर्वाधार र न्यून लगानीले नेपाली फुबटलको विकास तीव्र गतिमा नहुने बताए । खेलाडीको प्रदर्शन सुधार गर्नमा सबैभन्दा ठूलो भूमिका पूर्वाधार रहेको उल्लेख गर्दै उनले यो विषयतर्फ सरकारले दीर्घकालिन योजनाका साथ काम गर्नुपर्ने बताए ।

साथै, किरणले वर्तमान समयमा खेलाडी स्वयमले नै आफ्नो व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको बताए । उनले क्षमताको पहिचान गर्दै खेलाडीले आफ्नो भविष्यका लागि योजना बनाएर अगाडि बढ्नुपर्ने बताए । ‘खेलाडीले स्वयम आफैँले आफ्नो व्यवस्थापन कसरी गर्ने, कसरी फुबटल खेल्ने भन्नेबारे सोच्नुपर्छ,’ किरणले भने, ‘अवसरहरू युरोपमा नहोला । हाम्रो देशबाट युरोपमा खेलाडी नहोला । तर, युरोपबाहेक देशहरूमा त हामीले अवसरहरू पाइरहेका छौँ नित ।’

उनले रोहित चन्दको उदाहरण दिँदै अगाडि थपे, ‘रोहित चन्द इण्डोनेसियामा ८ वर्षदेखि खेलिरहेका छन् । उनी त्यहाँ राम्रो गरिरहेका छन् । रोहितले त्यहाँ राजनीति गरेर, मान्छेलाई कु’टेर कमाएको नाम होइन । उहाँ अहिले आफ्नो क्षमताको आधारमा यो स्थानमा हुनुहुन्छ ।’

वर्तमान समयमा नेपाली फुटबलमा किरण र रोहितले अन्यभन्दा बढी विदेशी व्यावसायिक फुटबल प्रतियोगिता खेलिरहेका छन् । मिडफिल्डर रोहितले इण्डोनेसियामा मर्सिजा जकार्ताबाट व्यावसायिक फुटबल खेल्छन् । उनी लिग वानमा उत्कृष्ट खेलाडीसमेत घोषित भइसकेका छन् ।

चर्चित तथा लोकप्रिय सञ्चारमाध्यम ट्रान्सफर मार्केटका अनुसार २०२१ मा रोहित दक्षिण एसियाकै महँगो फुटबलर चिनिन्छन् । किरणले भारत र माल्दिभ्समा फुटबल खेल्दै आएका छन् । उनले पनि २०७५ सालमै माल्दिभ्स फुटबलमा वर्षको उत्कृष्ट खेलाडीको उपाधि पाएका थिए ।

Center article

उनी सन् २०१७ देखि माल्दिभ्सको क्लब टिसी स्पोर्ट्स क्लबबाट प्रतियोगिता खेल्छन् । किरणले २०१९ देखि पञ्जाबबाट आईलिग खेल्छन् । त्यस्तै, किरणले गत चैतमा मात्रै एसियाकै उत्कृष्ट गोलकीपर घोषित भएका थिए । उनी एसियाली फुटबल महासंघ (एएफसी)को अनलाइन मत सर्वेक्षण ‘एएफसी इन्टरनेसनल प्लेअर अफ दी वीक’मा उनी उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

यसका अलावा किरण र रोहितले थुप्रै उपलब्धि हासिल गरेका छन् । साथै, किरणले अन्तर्वार्ताका क्रममा ठोस योजानाका साथ अगाडि बढ्ने हो भने अबको २० देखि ३० वर्षभित्र नेपालले विश्वकप खेल्न सक्ने बताए ।

‘प्लान गरेर जाने हो भने नेपाल विश्वकपमा पुग्न २० देखि ३० वर्षसम्म लाग्छ । त्यो स्थानमा एन्फाले गरेर मात्र पुगिदैन,’ एक राष्ट्रिय टेलिभिजनको अन्तर्वार्ताका क्रममा किरणले भने, ‘सरकारले पनि फुटबललाई साथ दिनुपर्छ । सरकारले अबको २० देखि ३० वर्षभित्र नेपालले पनि विश्वकप खेल्छ भनेर वातावरण सिर्जना गरिदिनुपर्‍यो ।’

कप्तान चेम्जोङले उत्कृष्ट खेलाडी उत्पादनमा जोड दिनुपर्ने बताए । ‘सरकारले खेलकुदका लागि पर्याप्त स्टेडियम निर्माण गरिदिनुपर्‍यो । फुटबलमा लगानी गनुपर्‍यो । विश्वकप खेल्ने पुस्तालाई कसरी तयार गर्ने? युरोपमै राखेर हामीले पूरा तयार गरेर ल्याउने कि? के गर्न सकिन्छ सरकारले पूरा वातावरण सिर्जना गर्नुपर्छ । लामो योजनाका साथ अगाडि बढ्यौँ भने पक्कै एकदिन नेपालले विश्वकप खेलेको देख्न पाउने छौँ,’ उनले भने ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.