राजस्थानद्वारा कोलकातालाई मध्यम लक्ष्य, हेटमायरले खेले आक्रामक पारी

Image

काठमाडौं ।

भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) को ४७ औं खेलमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्स (केकेआर) लाई १५३ रनको लक्ष्य दिएको छ । मुम्बईस्थित वानखडे स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५२ रन बनायो ।

उसका लागि कप्तान सञ्जु सामसनले अर्धशतकीय पारी खेले । उनले ४९ बलमा सात चौका र एक छक्कासहित ५४ रन बनाए । जोस बटलरले २५ बलमा तीन चौकासहित २२ रन जोडे । रियान परागले १२ बलमा एदुई छक्का र एक चौकासहित १९ रनको उत्कृष्ट पारी खेले ।

करुण नायर १३ बलमा १३ रन बनाएर पवेलिएन फर्किए । देवदत्त पाडिक्कलले पाँच बलमा दुई रन मात्र बनाउन सके । शिमरोन हेटयमारले उत्कृष्ट फिनिसिङ गरे । उनले १३ बलमा एक चौका र दुई छक्कासहित अविजित २७ रन बनाए । जारी सिजनमा हेटमायरले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले आफ्नो लय केकेआरविरुद्ध पनि कायमै राखे ।

रविचन्द्रन आश्विन ६ रनमा अविजित रहे । केकेआरका लागि टिम साउथीले दुई, शिवम मावी, अनुकूल रोय र उमेश यादवले एक/एक विकेट लिए । जारी सिजनमा राजस्थानले ९ म्याच खेल्दा ६ मा जित र तीन खेलमा हार बेहोरेको छ । केकेआरले ९ म्याच खेल्दा ६ मा हार र तीन खेलमा मात्र जित प्राप्त गरेको छ ।