Khabar Board
Flash logo up side
flash header

राजस्थानमाथि कोलकाताको शानदार जित, बाँकी नै छ प्लेअफ सम्भावना?

Nirbachan m

काठमाडौं ।

भारतमा जारी १५ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्स (केकेआर) ले लगातार पाँच हारपछि जित प्राप्त गरेको छ । उसले लगातार हारको यात्रापछि गएराति राजस्थान रोयल्सविरुद्धको खेलमा सात विकेटको जित हात पारेको हो ।

राजस्थानले दिएको १५३ रनको लक्ष्य राजस्थानले १९.१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो । उसका लागि नितिश राणले ३७ बलमा तीन चौका र दुई छक्कासहित अविजित ४८ रन बनाए । रिंकु सिंहले २३ बलमा ६ चौका र एक छक्काको सहयोगमा अविजित ४२ रनको आक्रामक पारी खेले ।

कप्तान श्रेयस अय्यर ३४, बाबा अपराजित १५ र आरोन फिन्च चार रनमा आउट भए । राजस्थानका लागि कुलदीप सेन, प्रसिद्ध कृष्णा र ट्रेन्ट बोल्टले एक/एक विकेट लिए । त्यसअघि मुम्बईस्थित वानखडे स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५२ रन बनायो ।

उसका लागि कप्तान सञ्जु सामसनले अर्धशतकीय पारी खेले । उनले ४९ बलमा सात चौका र एक छक्कासहित ५४ रन बनाए । जोस बटलरले २५ बलमा तीन चौकासहित २२ रन जोडे । रियान परागले १२ बलमा एदुई छक्का र एक चौकासहित १९ रनको उत्कृष्ट पारी खेले ।

करुण नायर १३ बलमा १३ रन बनाएर पवेलिएन फर्किए । देवदत्त पाडिक्कलले पाँच बलमा दुई रन मात्र बनाउन सके । शिमरोन हेटयमारले उत्कृष्ट फिनिसिङ गरे । उनले १३ बलमा एक चौका र दुई छक्कासहित अविजित २७ रन बनाए । जारी सिजनमा हेटमायरले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले आफ्नो लय केकेआरविरुद्ध पनि कायमै राखे ।

Center article

रविचन्द्रन आश्विन ६ रनमा अविजित रहे । केकेआरका लागि टिम साउथीले दुई, शिवम मावी, अनुकूल रोय र उमेश यादवले एक/एक विकेट लिए । जारी सिजनमा राजस्थानले ९ म्याच खेल्दा ६ मा जित र तीन खेलमा हार बेहोरेको छ । केकेआरले ९ म्याच खेल्दा ६ मा हार र तीन खेलमा मात्र जित प्राप्त गरेको छ ।

यो जितसँगै केकेआर अंक तालिकाको सातौँ स्थानमा उक्लिएको छ । उसले १० म्याच खेल्दा ६ मा हार र चार खेलमा जित निकालेको छ । प्लेअफ पुग्न केकेआरलाई अब हरेक खेलमा जित अनिवार्य जस्तै छ । गएरातिको जितले उसलाई केही राहत मिलेको छ । राजस्थान हारका बाबजुद पनि तेस्रो स्थानमा कायमै छ । उसले १० खेलमध्ये ६ मा जित र चार खेलमा हार बेहोरेको छ ।

केकेआर र राजस्थानको खेलपछि अंक तालिका :

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.