Khabar Board

प्रिमियर लिगमा युनाइटेडको शानदार जित, रोनाल्डोले बनाए थप अर्को कीर्तिमान

काठमाडौं ।

इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिको खेलमा म्यानचेस्टर युनाइटेडले जित हात पारेको छ । घरेलु टोली युनाइटेडले ब्रेन्टफोर्डिविरुद्ध ३–० को जित हात पारेको हो ।

ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेस, क्रिस्टियानो रोनाल्डो र राफेल भेरानेले एकरएक गोल गरे । खेलको नवौं मिनेटमा फर्नान्डेसको गोलमार्फत युनाइटेडले अग्रता लिएको थियो । ६१ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए ।

७२ औं मिनेटमा भेरानेले गोल गरेपछि युनाइटेडले ३–० को सहज जित निकाल्यो । यो जितसँगै ३६ खेलमा ५८ अंक जोडेको युनाइटेड छैटौं स्थानमा रहँदा पराजित ब्रेन्टफोर्ड ३५ खेलबाट ४० अंकका साथ १४ औं स्थानमा छ ।

रोनाल्डोले हासिल गरे नयाँ उपलब्धि

पोर्चुगिज स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले प्रिमियर लिगमा नयाँ उपलब्धि हासिल गरेका छन् । उनले प्रिमियर लिगको एक सिजनमा ३७ वर्षको उमेरमा सर्वाधिक (१८) गोल गर्ने मामलामा उपलब्धि हासिल गरेका हुन् । गएराति सम्पन्न खेलमा ब्रेन्टफोर्डिविरुद्ध एक गोल गरेसँगै रोनाल्डोले यो उपलब्धि हासिल गरे ।

उनले पूर्वइंग्लिश फुटबलर जोनी ह्यान्कक्सको रेकर्ड बराबर गरेका छन् । उनले १९५५/५६ को सिजनमा ३७ वर्षको उमेरमा १८ गोल गरेका थिए । अब ह्यान्कक्सको रेकर्ड रोनाल्डोले बराबर गरेका छन् । उनले यही सिजनमा ह्यान्कक्सको रेकर्ड भंग गर्ने सम्भावना प्रवल छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.