Khabar Board

रिंकु सिंह : ट्युसन क्लासमा पुछा लगाउनेदेखि आईपीएलसम्मको यात्रा

काठमाडौं ।

उनले निरन्तर मिहिनेत गरे । लगातार प्लेइङ–११ मा मा समावेश नहुँदा पनि उनले हिम्मत हारेनन् । बरु, आफूलाई थप बलियो बनाउन कडा अभ्यासलाई जारी नै राखे । कुनै खेलाडी घाइते वा अन्य कारण मैदान बाहिरिए उनले फिल्डिङको मौका पाउँथे ।

फिल्डिङमा उनले शानदार परिचय बनाइसकेका थिए । तर, उनले अब भने ब्याटिङमार्फत् पनि जादू देखाइसकेका छन् । ती खेलाडी हुन्– रिंकु सिंह । २४ वर्षका रिंकुको सफलताले देखाएको छ कि यदि नियत दृढ र मनोबल उच्च छ भने तपाई आकाशको छाती च्यात्न सक्नुहुन्छ।

रिंकुको पूरा कथा सुनेर तपाइँलाई पनि त्यस्तै लाग्छ । पहिलो गएराति भएको कोलकाता नाइट राइडर्स (केकेआर) र राजस्थानबीचको खेलको कुरा गरौं । केकेआरबाट खेलिरहेका रिंकुले राजस्थानविरुद्ध उत्कृष्ट ब्याटिङ गर्दै टिमलाई जित दिलाए । उनी ब्याटिङ गर्न आउँदा केकेआराई जितका लागि ४४ बलमा ६१ रन बनाउने चुनौती थियो।

चुनौती गाह्रो थिएन । तर, बल पिचमा घुमिरहेको थियो । ब्याटिङ गर्न सजिलो थिएन । र, रिंकुले यो सिजन आईपीएलमा आफ्नो तेस्रो खेल मात्रै खेलेका थिए । तर, बायाँ हाते तीव्र बलर ट्रेन्छ बोल्टको पहिलो बलमा बाउन्ड्री प्रहार गर्दै रिंकुले आफ्नो नियत स्पष्ट पारे ।

उनीसँग नितिश राणाले ३१ रन बनाएर खेलिरहेका थिए । रिंक र राणाले चौथो विकेटका लागि ३८ बलमा अविजित ६६ रनको साझेदारी गरे । उनीहरूकै शानदार साझेदारीमा केकेआरले राजस्थानलाइृ सात विकेटले हरायो । यदि यो खेल हारको भए प्लेअफ पुग्ने केकेआरको सम्भावना सोमबार राति नै समाप्त हुने थियो । केकेआरको जितमा रिंकुले २३ बलमा ६ चौका र एक छक्कासहित अविजित ४२ रनको पारी खेले ।

एक साधारण युवा स्टार बनेको कथा

रिंक भारतको अलिगढका बासिन्दा हुन् । उनका बुबा एक ग्यास विक्रेता थिए । पाँच दाजुभाईमध्ये रिंक क्रिकेटप्रति रुचि राख्थे । केकेआरको वेबसाइटमा राखिएको एक भिडियोमा रिंकले भनेका छन्, ‘बुबाले मलाई खेलमा समय बर्बाद गर्न चाहनुहुन्नथ्यो। धेरै कुटपिट पनि भयो। घर कहिले आउँछ भनेर लाठी लिएर कुर्नुहुन्थ्यो। तर, दाजुभाइले भने सहयोग गर्थे । मसँग बल किन्न पनि पैसा थिएन । तर यो समयमा केहीले सहयोग पनि गरे ।’

एक दिन एउटा प्रतियोगितामा रिंकुले उत्कृष्ट प्रदर्शन गरे । जहाँ उनले मोटरसाइकल उपहार पाए । रिंकुले त्यो मोटरसाइकल बुबालाई उपहार दिए । उनका बुबा वर्षादेखि अलिगढका व्यापारीहरूको घर र कोठीमा ग्यास सिलिन्डर पुर्‍याउँथे । तर, उनले गतिलो मोटरसाइकल भने किन्न सकेका थिएनन् ।

छोराले क्रिकेट खेलेर मोटराइकल उपहार दिएपछि भने रिंकप्रति उनको मन केही पग्लियो । र, कुटपिट पनि कम भयो । तर, परिवारकासामु आर्थिक चुनौती कायमै थियो । एक दिन रिंक कामको खोजीमा हिँडे । उनले काम पनि पाए । ‘मैले पुछा लगाउने जागिर पाएँ। कोचिङ सेन्टरमा मैले त्यो काम गरे । पुछा लगाएवाफत आएको पैसाले मलाई क्रिकेट सिक्न मद्दत गथ्र्यो । मैले क्रिकेटकै कारण पढाइाई अगाडि बढाउन सकेको थिए । अनि त्यसपछि मैले सोचे अब क्रिकेटले मात्र मलाई अगाडि बढाउन सक्छ, मसँग अर्को विकल्प थिएन,’ रिंकुले भनेका छन् ।

रिंकुको सफलतामा यी तीन व्यक्तिको साथ

रिंकुको क्रिकेट यात्रा पनि कठिन छ । उनी यू–१६ को ट्रायलमा दुईपटक पहिलो राउण्डबाट फालिए । यस्तो अवस्थामा अलिगढका मोहम्मद जीशानले उनलाई मद्दत गरे । वास्तवमा अलिगढबाट रिंकुको आईपीएल क्रिकेटर बन्ने यात्रामा जीशानसहित तीन मुस्लिमको ठूलो योगदान छ ।

उनलाई आफ्नो प्रारम्भिक दिनदेखि अलिगढमा मसूद अमीनले प्रशिक्षण दिएका थिए । र, उनी आज पनि रिंकुको प्रशिक्षक हुन् । तेस्रो व्यक्ति शाहरुख खान हुन् । उनको टिम कोलकाताले रिंकुलाई २०१८ को सिजनको अक्सनमा ८० लाख भारुमा अनुबन्ध गरेको थियो । यसपालि रिंकुले मेगा अक्ससनमा २० लाख भारु बेस प्राइस राखेका थिए । अक्सनमा उनीमाथि लखनउ सुपर जायन्ट्सले पनि बोली लगाएको थियो । तर, अन्तिममा कोलकाताले उनलाई ५५ लाख भारुमा अनुबन्ध गर्न सफल भयो ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.