Khabar Board
Flash logo up side
flash header

वेष्ट इण्डिज टिमले पायो नयाँ कप्तान, यी खेलाडीले पाए जिम्मेवारी

Nirbachan m

काठमाडौं ।

क्रिकेट वेस्ट इन्डिजले आज किरण पोलार्डको अन्तर्राष्ट्रिय संन्यासपछि नयाँ कप्तान चयन गरेको छ । वेस्ट इन्डिजले उनको स्थानमा एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय कप्तानको रूपमा निकोलस पूरनलाई नियुक्त गरेको हो । पोलार्डले हालै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए ।

पूरन वेस्ट इन्डिजको एकदिवसीय र टी–२० टोलीका उपकप्तान थिए । अब उनले टोलीको कप्तानी सम्हाल्नेछन्। अब उनको कप्तानीमा वेष्ट इण्डिजले यही वर्षको अक्टोबर–नोभेम्बरमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप खेल्नेछ । शाइ होपलाई एकदिवसीय टोलीको उपकप्तानमा नियुक्त गर्न सिफारिस गरिएको छ ।

Center article

क्रिकेट वेस्ट इन्डिजका निर्देशक जिमी एडम्सले भनेका छन्, ‘हामी विश्वास गर्छौं कि निकोलसले आफ्नो अनुभव, प्रदर्शन र टोलीभित्र पाएको सम्मानलाई ध्यानमा राख्दै टिमको नेतृत्व गर्ने चुनौती सामना गर्नेछन्। छनोट प्यानलले बुझेको छ कि पूरन कप्तानको रूपमा जिम्मेवारी लिन परिपक्व भइसकेका छन्।’

पूरनले यसअघि पनि वेस्ट इन्डिजको कप्तानी भइसकेका छन् । उनले गत वर्ष अष्ट्रेलियाविरुद्धको घरेलु टी–२० सिरिजमा टिमको जिम्मेवारी सम्हालेका थिए । एकदिवसीय क्रिकेटमा उनको नाममा ८ अर्धशतक र एक शतक छ । यसबाहेक उनले टी–२० क्रिकेटमा ८ अर्धशतकीय पारी पनि खेलेका छन् ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.