Khabar Board
Flash logo up side
flash header

पञ्जाबलाई विशाल लक्ष्य दिन चुक्यो गुजरात, रबाडाले आज पनि गरे उत्कृष्ट बलिङ

Nirbachan m

काठमाडौं ।

भारतका जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) को ४८ औं खेलमा लखनउ सुपर जायन्ट्सले पञ्जाब किंग्सलाई १४४ रनको लक्ष्य दिएको छ । मुम्बईस्थित डिवाइ पाटिल स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४३ रन बनायो ।

उसका लागि साइ सुदर्शनले अर्धशतकीय पारी खेले । उनले ५० बलमा पाँच चौका र एक छक्कासहित अविजित ६५ रन बनाए । त्यस्तै, ऋद्धिमान साहले २१, डेविड मिलर र राहुल तेवटियाले ११/११ रनको योगदान दिए । बाँकी ब्याटरले दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

Center article

कप्तान हार्दिक पाण्ड्या आज एक, शुभमन गिल ९, लकी फर्गुसन पाँच, प्रदीप सांगवान दुई र राशिद खान शून्यमै आउट भए । अल्जारी जोसेफ भने चार रनमा अविजित रहे । पञ्जाबका लागि कागिसो रबाडाले चार ओभरमा ३३ रन दिएर चार विकेट लिए । रबाडाले अघिल्लो खेलमा लखनउविरुद्ध पनि चार विकेट लिएका थिए ।

त्यस्तै, ऋषि धवन, लियाम लिभिङस्टोन र अर्शदीप सिंहले एक/एक विकेट हात पारे । आजको खेल जितेमा गुजरात चार खेल अगावै प्लेअफमा प्रवेश गर्नेछ । उसले ९ म्याच खेल्दा आठमा जित र एक खेलमा मात्र हार बेहोरेको छ । पञ्जाबले ९ म्याचमध्ये पाँचमा हार र चार खेलमा हारको सामना गरेको छ । ऊ अंक तालिकाको आठौं स्थानमा छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.