काठमाडौं ।
टी–२० सिरिजको तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली नेपालले जिम्बाब्वे ‘ए’ विरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
पहिलो खेलमा पराजित नेपाललाई सिरिज बराबरी गर्न आज जिम्बाब्वेलाई हराउनैपर्ने दबाब छ । पहिलो खेलमा ६ विकेटको जित हात पारेको जिम्बाब्वे पनि आज नेपाललाई हराउँदै सिरिजमाथि कब्जा जमाउन चाहन्छ ।
दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो । नेपालले आज दोस्रो खेलको प्लेइङ–११ लाई नै निरन्तरता दिएको छ ।
नेपालको प्लेइङ–११ : सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), करण केसी, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, भीम सार्की, सोमपाल कामी, आदिल अन्सारी, अविनाश बोहरा र बसिर अहमद ।