काठमाडौं ।
नेपालको टी–२० अन्तर्राष्ट्रिय र एकदिवसीय अन्तर्राष्ट्रियका दुवै वरियता खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले बुधबार सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपालको टी–२० र एकदिवसीय वरियता खस्किएको हो ।
टी–२० तर्फ नेपालको वरियता एक स्थान खस्किएको छ । १२ औं स्थानमा रहेको यो पटक १३ औं स्थानमा झरेको छ । वरियताको शीर्ष स्थानमा भारत दोस्रोमा इङ्ल्याण्ड र तेस्रोमा पाकिस्तान छन् । नेपालभन्दा अगाडि युएई १२ औं स्थानमा छ भने जिम्बाब्वे ११ औं स्थानमा छ ।
आयरल्यान्ड १४ औं, स्टकल्यान्ड १५ औं, नामिबिया १६ औं र ओमान १७ औं स्थानमा छन् । यस्तै, एकदिवसीयमा नेपालको वरीयता एक स्थान तल खस्किएर १९ औं स्थानमा पुगेको छ । यसअघि नेपाल १८ औं स्थानमा रहेको थियो । १८ औं स्थानमा अमेरिका उक्लिएको छ ।
१७ औं स्थानमा नामिबिया, १६ औं स्थानमा ओमान र जिम्बाब्वे १५ औं स्थानमा छ । ओडिआईमा शीर्षस्थानमा न्युजिल्यान्ड शीर्ष, इंग्ल्यान्ड दोस्रो, अष्ट्रेलिया तेस्रो र भारत चौथो स्थानमा छन् ।