Khabar Board
Flash logo up side
Nirbachan aayog

यी चर्चित ११ क्रिकेटर, जसले विश्वकपमा ग्लोल्डेन ब्याट जिते

Nirbachan m

काठमाडौं ।

प्रत्येक खेलाडीले विश्वकप क्रिकेटमा आफ्नो टिमको लागि खेल्ने सपना देख्छन् । धेरै खेलाडीले सो सपना पनि साकार गरेका छन् । विश्वकपमा अर्को सपना पनि हुन्छ । त्यो सपना हो सर्वाधिक रन बनाउँदै गोल्डेन ब्याट जित्ने ।

हालसम्म वानडे विश्वकपमा धेरै ब्याट्सम्यानले यो सुनौलो सपना पनि पूरा गरिसकेका छन् । यसैबीच, आज त्यस्ता ११ ब्याट्सम्यानको चर्चा गर्दैछौँ, जसले विश्वकपमा सर्वाधिक रन बनाएर ‘गोल्डेन ब्याट’ जिते :

ग्लेन टर्नर : एकदिवसीय विश्वकपमा सबैभन्दा पहिले न्यूजिल्याण्डका ग्लेन टर्नरले गोल्डेन ब्याट जितेका थिए । उनले सन् १९७५ को विश्वकपमा ३ सय ३३ रन बनाउँदै गोल्डेन ब्याट जितेका थिए ।

गोर्डन ग्रीनिज : यो सूचीको दोस्रो स्थानमा वेष्ट इण्डिजका गोर्डन ग्रीनिजको नाम आउँछ । उनले सन् १९७९ को विश्वकपमा २ सय ५३ रन बनाउँदै गोल्डेन ब्याट जितेका थिए ।

डेभिड गोवर : सन् १९८३ मा इंग्ल्याण्डका डेभिड गोवर (३८४ रन), सन् १९८७ मा इंग्ल्याण्डकै ग्राहम गूच (४७१ रन), सन् १९९२ मा न्यूजिल्याण्डका मार्टिन क्रोले ४५६ रन बनाउँदै गोल्डेन ब्याट जित्न सफल भए ।

सचिन तेन्दुलकर : विश्वकप क्रिक्रेटमा भगवान कहलाइएका सचिन तेन्दुलकरले एकदिवसीय क्रिकेटमा थुप्रै इतिहास आफ्नो नाममा लेखाएका छन्। उनले सन् १९९६ को विश्वकपमा सबैभन्दा बढी रन बनाएका थिए। सचिन तेन्दुलकरले यो विश्वकपमा ७ खेलमा ५२३ रन बनाएका थिए । यस अवधिमा सचिनको ब्याटबाट दुई शतक र तीन अर्धशतक बनेका थिए ।

यो विश्वकपमा उनले पहिलो पटक विश्वकपमा ‘गोल्डेन ब्याट’ जितेका थिए । उनी ‘गोल्डन ब्याट’ जित्ने पहिलो भारतीय ब्याट्सम्यान हुन् । सचिन दुई पटक गोल्डेन ब्याट जित्ने ब्याट्सम्यान हुन् । उनले सन् २००३ मा दक्षिण अफ्रिकामा खेलेको विश्वकपमा पनि सर्वाधिक रन बनाएका थिए ।

सो विश्वकपमा तेन्दुलकरले ११ खेलमा ६१२ रन बनाएका थिए । जुन एक रेकर्ड हो । उनले नामिबियाबिरूद्ध १५२ रन बनाएका थिए । तेन्दुलकरको ब्याटमा यो एक मात्र शतक थियो । तर, उनले ६ अर्धशतक पनि बनाएका थिए। यद्यपि भारतीय टीम फाइनलमा अष्ट्रेलियासँग पराजित भएको थियो ।

Panacea Education

राहुल द्रविड : राहुल द्रविडलाई टेस्ट क्रिकेटमा ‘भित्ता’को रूपमा लिइन्छ। द्रविडले वानडेमा पनि राम्रो प्रदर्शन गरेका छन्। उनी आफूले ५० रन बनाएको समेत थाहा नपाउने खेलाडी हुन्।

द्रविडले सन् १९९९ को विश्वकपमा ‘गोल्डेन ब्याट’ जितेका थिए । यस अवधिमा द्रविडले ८ खेलमा ४६८ रन बनाएका थिए । उनको ब्याटबाट दुई शतक र तीन अर्धशतक बनेका थिए ।

द्रविडले यस खेलमा १४५ रनको उत्कृष्ट पारी खेलेका थिए । यो विश्वकपमा तीन व्यक्तिगत उच्च स्कोरहरू सबै भारतीय खेलाडी गांगुली, द्रविड र सचिनका थिए । इङ्ग्ल्यान्डमा खेलेको यो विश्वकप द्रविडको लागि अविस्मरणीय रह्यो ।

म्याथ्यू हेडन : सन् २००७ को विश्वकपमा अष्ट्रेलियाका म्याथ्यू हेडनले गोल्डेन ब्याट जितेका थिए । उनले सर्वाधिक ६ सय ५९ रन बनाउँदै गोल्डेन ब्याट हात पारेका थिए ।

तिलकरत्ने दिलशान : सन् २०११ को विश्वकपमा श्रीलंकाका तिलकरत्ने दिलशानले गोल्डेन ब्याट जितेका थिए । उनले सो विश्वकपमा सर्वाधिक ५ सय रन बनाएका थिए ।

मार्टिन गुप्टिल : सन् २०१५ को विश्वकपमा न्यूजिल्याण्डका ब्याट्सम्यान मार्टिन गुप्टिलले गोल्डेन ब्याट हात पारेका थिए । उनले उक्त विश्वकपमा सर्वाधिक ५ सय ४७ रन बनाएका थिए । सो विश्वकपमा न्यूजिल्याण्ड फाइनलमा पराजित भएको थियो ।

रोहित शर्मा : यो सूचीमा भारतीय टिमका उपकप्तान रोहित शर्माको नाम पनि छ । उनले सन् २०१९ को विश्वकपमा सर्वाधिक ६ सय ४८ रन बनाएका थिए ।

सो विश्वकपमा रोहितले ८ म्याचमा ६ सय ४८ रन बनाएका हुन् । त्यसक्रममा उनले पाँच शतक र एक अर्धशतक बनाएका थिए । सर्वाधिक रन बनाएका रोहितले २०१९ को विश्वकपमा ‘गोल्डेन ब्याट’ पाए । सो विश्वकप इंग्ल्याण्डले जितेको थियो । भारतीय टिम भने सेमिफाइनलबाटै बाहिरिएको थियो ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.