Khabar Board
Flash logo up side
Nirbachan aayog

बैंग्लोरले दियो चेन्नईलाई बलियो लक्ष्य, कार्तिकको उत्कृष्ट फिनिसिङ

Nirbachan m

काठमाडौं ।

भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) को ४९ औं खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) ले चेन्नई सुपर किंग्स (सिएसके) लाई १७४ रनको लक्ष्य दिएको छ । पुणेस्थित महाराष्ट्र क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको आरसिबीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनायो ।

उसका लागि महिलपाल लोमरले ४२, कप्तान फाफ डुप्लेसिसले ३८, विराट कोहलीले ३० र रजित पाटिदारले २१ रन बनाए । आज पनि दिनेश कार्तिकले उत्कृष्ट फिनिसिङ गरे । उनले १७ बलमा दुई छक्का र एक चौकासहित अविजित २६ रनको योगदान दिए । कार्तिकले अन्तिम ओभरमा १६ रन बनाउँदा आरसिबीले चेन्नईलाई चुनौतीपूर्ण लक्ष्य दिन सफल भएको हो ।

Panacea Education

चेन्नईका लागि महेश थिक्क्षणाले तीन, मोइन अलीले दुई र ड्वेन प्रिटोरियसले एक विकेट लिए । जारी सिजनमा चेन्नईले ९ म्याच खेल्दा ६ मा हार र तीन खेलमा जित हात पारेको छ । आरसिबीले १० म्याच खेल्दा पाँचमा जित र पाँच खेलमा हारको सामना गरेको छ ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.