Khabar Board
Flash logo up side
Nirbachan aayog

नेपालले जिम्बाब्वेलाई हराएपछि भारतीय मिडियाले के लेखे? आसिफ शेखको व्यापक प्रशंसा

Nirbachan m

काठमाडौं ।

जिम्बाब्वे ‘ए’ विरुद्धको टी–२० क्रिकेट सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपाल ८ विकेटले विजयी भयो । यो जितसँगै नेपालले सिरिज पनि १–१ को बराबरीमा टुंग्यायो । पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो । दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो ।

श्रृंखलाको तेस्रो खेलमा बिहीबार जिम्बाब्वेले दिएको १३७ रनको लक्ष्य नेपालले १५.५ ओभरमा दुई विकेट गुमाएर भेट्टायो । नेपालको जितमा प्रारम्भिक ब्याटर आसिफ शेखले उत्कृष्ट पारी खेले । उनले ५४ बलमा १३ चौका र एक छक्कासहित अविजित ८७ रन बनाए । जिम्बाब्वेविरुद्धको कुनै पनि ढाँचामा आसिफले बनाएको यो उच्च स्कोर हो ।

आसिफको ब्याटिङको भारतीय सञ्चारमाध्यमले पनि प्रशंसा गरेका छन् । भारतको चर्चित खेलकुद अनलाइन स्पोर्ट्सकीडाले लेखेको छ, ‘नेपालले जिम्बाब्वेको टिमलाई हरायो, ओपनिङ ब्याटरको शानदार पारी ।’ साथै, उसले नेपालको ब्याटिङ पक्षको बारेमा चर्चा गरेको छ । अन्य भारतीय सञ्चारमाध्यमले पनि तेस्रो खेलमा नेपालले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गरेको उल्लेख गरेका छन् ।

केही सञ्चारमाध्यमले यही सिरिजमा डेब्यू गरेका बसिर अहमदको बलिङको पनि चर्चा गरेका छन् । बसिरले दुई खेलमा राम्रो इकोनमीमा तीन विकेट लिए । जिम्बाब्वेसँगको तेस्रो खेलमा कुशल भुर्तेलले २६ बलमा दुई चौका र दुई छक्कासहित ३४ रन बनाए । बसिर अहमदले १५ बलमा एक चौकाको मद्दतमा १० रन जोडे । जिम्बाब्वेका लागि ल्युक जोंग्वे र ब्रेण्डन मभुताले एक/एक विकेट लिए ।

Panacea Education

त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बाब्वेले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १३६ रन बनायो । उसका लागि रोय केइयाले सर्वाधिक ४९ रनको योगदान दिए । ४१ बलको सामना गरेका उनले सात चौका प्रहार गरे ।

ल्युक जोग्वेले अविजित २३, टाडिवान्से मरुमनीले २७ र इनोसेन्ट केइयाले १४ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि कप्तान सन्दीप लामिछानेले दुई, सोमपाल कामी र बसिर अहमदले एकरएक विकेट हात पारे ।

नेपाललाई एक विकेट भने रनआउटको रूपमा प्राप्त भयो । नेपाल र जिम्बाब्वेले टी–२० पछि अब तीन खेलकै एकदिवसीय सिरिज खेल्नेछन् । वानडे सिरिज शुक्रबारदेखि सुरु हुनेछ ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.