Khabar Board

जिम्बाब्वेलाई एकैदिन दोहोरो झड्का, विदेशमा नेपालसँग घरमा दक्षिण अफ्रिकासँग हार्‍यो

काठमाडौं ।

दक्षिण अफ्रिका ‘ए’ को दोस्रो टी–२० खेलमा जिम्बाब्वे–११ पराजित भएको छ । बिहीबार हरारेरमा भएको खेलमा ऊ २२ रनले पराजित भएको हो । योसँगै पाँच खेलको शृङ्खलामा जिम्बाब्वे २–० ले पछि परेको छ ।

दोस्रो खेलमा दक्षिण अफ्रिकाले दिएको २२५ रनको लक्ष्य पछ्याएको जिम्बाब्वेले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २०२ रन बनायो । उसका लागि कप्तान सिकन्दर राजाले ४२ बलमा नौ र दुई चौकासहित ८२ रनको आक्रामक पारी खेले । त्यस्तै, रियान बर्लले ३० रन जोडे ।

बाँकी ब्याटरले भने ठूलो पारी खेल्न सकेन्न । दक्षिण अफ्रिकाका लागि लिजार्ड विलियम्सले सर्वाधिक तीन विकेट लिए ।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका ‘ए’ले उत्कृष्ट सुरुवात गर्यो । पहिलो विकेटका लागि लेसिबा न्गोपेले र रिजा हेन्ड्रिक्स (३५ बलमा ७७) सँग १४२ रनको उत्कृष्ट साझेदारी गरे ।

न्गोपेले ६३ बलमा ११४ रनको शानदार शतकीय पारी खेले । जिम्बाब्वे र दक्षिण अफ्रिकाले तेस्रो टी–२० शनिबार खेल्नेछन् । यता नेपाल भ्रमणमा रहेको जिम्बाब्वे ‘ए’ टिम टी–२० सिरिजको अन्तिम खेलमा ८ विकेटले पराजित भयो । बुधबार भएको खेलमा हार बेहोरेसँगै उले सिरिज जित्ने मौका गुमायो । पहिलो खेलमा जिम्बाब्वे ‘ए’ ले नेपाललाई ६ विकेटले हराएको थियो ।

श्रृंखलाको तेस्रो खेलमा जिम्बाब्वेले दिएको १३७ रनको लक्ष्य नेपालले १५.५ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो ।
नेपालको जितमा प्रारम्भिक ब्याटर आसिफ शेखले उत्कृष्ट पारी खेले । उनले ५४ बलमा १३ चौका र एक छक्कासहित अविजित ८७ रन बनाए ।

जिम्बाब्वेविरुद्धको कुनै पनि ढाँचामा आसिफले बनाएको यो उच्च स्कोर हो । त्यस्तै, कुशल भुर्तेलले २६ बलमा दुई चौका र दुई छक्कासहित ३४ रन बनाए । बसिर अहमदले १५ बलमा एक चौकाको मद्दतमा १० रन जोडे । जिम्बाब्वेका लागि ल्युक जोंग्वे र ब्रेण्डन मभुताले एक/एक विकेट लिए ।

त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बाब्वेले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १३६ रन बनायो । उसका लागि रोय केइयाले सर्वाधिक ४९ रनको योगदान दिए । ४१ बलको सामना गरेका उनले सात चौका प्रहार गरे ।

ल्युक जोग्वेले अविजित २३, टाडिवान्से मरुमनीले २७ र इनोसेन्ट केइयाले १४ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि कप्तान सन्दीप लामिछानेले दुई, सोमपाल कामी र बसिर अहमदले एकरएक विकेट हात पारे ।

नेपाललाई एक विकेट भने रनआउटको रूपमा प्राप्त भयो । नेपाल र जिम्बाब्वेले टी–२० पछि अब तीन खेलकै एकदिवसीय सिरिज खेल्नेछन् । वानडे सिरिज शुक्रबारदेखि सुरु हुनेछ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.