काठमाडौं ।
आईपीएल २०२२ मा बुधबार रोयल च्यालेन्जर्स बैंगलोर (बैंग्लोर) र चेन्नई सुपर किंग्स (सिएसके) बीच खेल भयो । यो सिएसकेलाई १३ रनले हरायो । बैंग्लोरले ब्याटिङमा उत्कृष्ट सुरुवात गरेको थियो । मध्यक्रमका कप्तान फाफ डुप्लेसिस आउट भएपछि क्रिजमा ग्लेन म्याक्सवेल आए ।
तर, विराट कोहली र म्याक्सवेलबीचको साझेदारी लामो हुन सकेन । उनीहरूबीचको गल्तीले आरसिबीले रनआउटको रूपमा म्याक्सवेललाई गुमायो । उनले तीन बल मात्र खेल्न पाए । आरसिबीको इनिङ्सको नवौं ओभरको अन्तिम बलमा कोहलीले अफ साइडमा हल्का हातले खेले । र, उनी रनका लागि दौडे ।
म्याक्सवेलले पनि अर्को छेउबाट रन पूरा गर्ने प्रयास गरे । तर, उनी पुग्नुअघि एमएस धोनीले रोबिन उथप्पाको थ्रोलाई पक्रिदै स्टम्प ढलाए । जितपछि म्याक्सवेलले ड्रेसिङ रुममा विराटसँग रनआउटको बारेमा ठट्टा गरेका छन् ।
‘म तिमीसँग ब्याटिङ गर्न सक्दिन, तिमी धेरै छिटो दौड्छौं । तिमीले एक/दुई रनमा जोड दिन्छौं । म त्यो सक्दिन,’ म्याक्सवेलले रमाइलो गर्दै भनेका छन् । यो हास्यास्पद कुराकानी कोहलीले सुरु गरेका थिए । उनले ड्रेसिङ रुममा प्रवेश गर्नेबित्तिकै म्याक्सवेललाई ‘महान घाइते खेलाडी’ पनि भने ।
चेन्नईविरुद्धको जितमा ब्याटिङमा सस्तैमा आउट भए पनि बलिङमा म्याक्सवेलले बलिङमार्फत महत्वपूर्ण योगदान दिए । उनले ४ ओभरमा २२ रन दिएरु महत्वपूर्ण २ विकेट लिए । त्यस्तै, कोहलीले ३३ बलमा तीन चौका र एक छक्कासहित ३० रनको योगदान दिए ।