काठमाडौं ।
भारतमा जारी १५ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदराबादविरुद्ध दिल्ली विजयी भएको छ । गएराति सम्पन्न खेलमा ऊ हैदराबादविरुद्ध २३ रनले विजयी भएको हो । जारी सिजनमा दिल्लीको यो पाँचौं जित हो ।
दिल्लीले १० म्याच खेल्दा पाँच खेलमा भने हार बेहोरेको छ । यता हैदराबादको पनि यो पाँचौं हार हो । आफ्नो दशौँ खेलमा दिल्लीले दिएको २०८ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८६ रन मात्र बनाउन सक्यो ।
उसका लागि विकेटकिपर निकोलस पूरनले आक्रामक पारी खेले पनि टिमलाई जित भने दिलाउन चुके । ३४ बलमा ६ छक्का र दुई चौका हिर्काएका उनले ६२ रन बनाए । त्यस्तै, एडन मार्कमले ४२, राहुल त्रिपाठीले २२ र सशांक सिंहले १० रन जोडे । दिल्लीका लागि खलील अहमदले तीन, शार्दुल ठाकुरले दुई, एनरिक नोर्टजे, कुलदीप यादव र मिचेल मार्शले एक/एक विकेट लिए ।
त्यसअघि मुम्बईस्थित बेर्बोन स्टेडियममा टस हारेर ब्याटिङको निम्तो मौका दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २०७ रन बनायो । उसका लागि डेविड वार्नर र रोभम्यान पावेलले शानदार ब्याटिङ गरे । वार्नरले ५८ बलमा १२ चौका र तीन छक्कासहित अविजित ९२ रन बनाए । पावेलले ३५ बलमा ६ छक्का र तीन चौकाको सहयोगमा नटआउट ६७ रनको योगदान दिए
वार्नर र पावेलले चौथो विकेटका लागि ६६ बलमा अविजित १२२ रनको साझेदारी गरे । त्यस्तै, कप्तान ऋषभ पन्तले २६ र मिचेल मार्शले १० रनको योगदान दिए । हैदराबादका लागि श्रेयस गोपाल, भुवनेश्वर कुमार र शन एबटले एक/एक विकेट लिए । यो जितसँगै दिल्ली अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । १० अंक भए पनि नेट रन रेटका आधारमा हैदराबाद छैटौं स्थानमा खस्किएको छ ।
लिगको ५० खेल सकिँदा यस्तो बन्यो अंक तालिका :