Khabar Board
Flash logo up side
Nirbachan aayog

नेपाल र जिम्बाब्वेबीचको खेल स्थगित हुने सम्भावना

Nirbachan m

काठमाडौं ।

नेपाल र जिम्बाब्वे ‘ए’ ले टी–२० पछि एकदिवसीय सिरिजको पहिलो खेल आज खेल्ने तालिका छ । खेल बिहान साढे ९ बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुने तालिका रहेको हो । तर, निर्धारित तालिकाअनुसार खेल हुने सम्भावना भने कम छ ।

आज बिहानैदेखि काठमाडौंमा वर्षा भइरहेको छ । मौसम खराबीकै कारण एकदिवसीयअघि टी–२० श्रृंखला खेलाइएको थियो । तर पनि यसपटक पनि एकदिवसीय सिरिजमा वर्षा बाधक बन्ने सम्भावना छ । टी–२० श्रंखलामा नेपाल र जिम्बाब्वेले एक/एक खेल जितेका थिए । सो सिरिजको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भयो ।

दोस्रो खेलमा वर्षा बाधक बन्दा तेस्रो म्याचमा नेपालले जिम्बाब्वेलाई आठ विकेटले हरायो । पहिलो खेलमा खराब बलिङ गरेको नेपालले तेस्रो म्याचमा भने शानदार कमब्याक गर्यो । यो खेलमा नेपालले जिम्बाब्वेलाई १३६ रनमै रोकेको थियो ।

ब्याटिङ पनि शानदार गरेको नेपालले १३७ रनको लक्ष्य १५.५ ओभरमै पूरा गर्‍यो । नेपाल सोही लय एकदिवसीय सिरिजमा पनि कायम राख्ने सोचमा छ । नेपालका लागि यो सिरिजलाई आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका भ्रमणका लागि अभ्यासको रूपमा हेरिएको छ ।

Panacea Education

नेपालले जुनमा विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा सिरिज खेल्ने तालिका छ । जिम्बाब्वे ‘ए’ सँगको एकदिवसीयको पहिलो खेल जित्दै नेपाल सिरिजमा सुखद सुरुवात गर्ने लक्ष्यमा छ । जिम्बाब्वे पनि उत्कृष्ट कमब्याक गर्दै जित हात पार्न चाहन्छ ।

नेपालले एकदिवसीय सिरिजको पहिलो खेलमा पनि ओपनिङ ब्याटरको जिम्मा आसिफ शेख र कुशल भुर्तेललाई दिन सक्छ । टी–२० श्रृंखलामा राम्रो गरेकाले यो जोडीले वानडेमा पनि निरन्तरता पाउने सम्भावना बढेको हो । तेस्रो नम्बरमा देव खनाल, चौथोमा रोहितकुमार पौडेल, पाँचौंमा दीपेन्द्रसिंह ऐरीले मौका पाउन सक्छन् ।

त्यस्तै, छैटौंमा विकेटकिपर विनोद भण्डारी, सातौंमा आरिफ शेख, आठौंमा करण केसी, नवौंमा सोमपाल कामी, दशौंमा सन्दीप लामिछाने र ११ औंमा सुशन भारीले मौका पाउन सम्भावना छ ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.