Khabar Board
Flash logo up side
flash header

वार्नरले एकै खेलमा बनाए दुई कीर्तिमान, तोडे महान खेलाडीको ठूलो रेकर्ड

Nirbachan m

काठमाडौं ।

अष्ट्रेलियाका स्टार ब्याटर डेविड वार्नरले टी–२० क्रिकेटमा सर्वाधिक अर्धशतक बनाउने कीर्तिमान हासिल गरेका छन् । यसअघि यो कीर्तिमान क्रिस गेलको नाममा थियो । गेलले टी–२० फर्म्याटमा ८८ अर्धशतक बनाएका छन् ।

वार्नरले सनराइजर्स हैदरावादविरुद्ध आफ्नो ८९ औं अर्धशतक पूरा गर्दै गेलको रेकर्ड तोडे । यस बाहेक उनले छोटो ढाँचामा ४०० छक्का पनि पूरा गरेका छन् । यसरी उनले दुई वटा कीर्तिमान बनाएका छन् ।

वार्नरले भुवनेश्वर कुमारको दोस्रो ओभरमा मात्र एक रन लिएर सुस्त सुरुवात गरेका थिए। तर, उनले युवा फास्ट बलर उमरान मलिकविरुद्ध आँधीबेहरी ब्याटिङ गरे । तीव्र गतिमा खेल्दै वार्नरले ३४ बलमा आफ्नो अर्धशतक पूरा गरे । सनराइजर्स हैदरावाद उनको पुरानो टिम हो र यो सिजन उनलाई रिलिज गरिएको हो । यो खेल हेर्न फ्यानहरू पनि निकै उत्साहित देखिन्थे ।

Center article

वार्नर र गेलका अलावा टी–२० क्रिकेटमा सर्वाधिक अर्धशतक बनाउने मामिलामा विराट कोहलीको नाम पनि परेको छ । कोहलीले ७६ अर्धशतक खेलेका छन् । वार्नर गत सिजनसम्म हैदराबाद टोलीका महत्वपूर्ण सदस्य थिए । तर, गत वर्ष उनको प्रदर्शन कमजोर रह्यो । उनीबाट कप्तानी खोस्नुका साथै उनलाई प्लेइङ इलेभेनबाट पनि बाहिर गरिएको थियो ।

यो निर्णयको पनि निकै आलोचना भएको थियो । यो सिजनको लिलामीअघि वार्नरलाई टोलीबाट हटाइयो । त्यसपछि दिल्लीले उनीहरूलाई किन्यो। दिल्लीका लागि डेभिड वार्नर अन्तिमसम्म क्रिजमा उभिए । उनी ५८ बलमा ९२ रन बनाएर अविजित फर्किए ।

हैदरावादविरुद्ध उनको ब्याटिङ हेर्नका लागि फ्यानहरू पहिलेदेखि नै उत्साहित देखिएका थिए । वार्नरले उनलाई निराश हुन दिएनन् । र, उनको ब्याटबाट द्रूत गतिमा रन निस्कियो।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.