Khabar Board
Flash logo up side
flash header

२२ बर्से मलिकले गरे आईपीएल इतिहासकै फास्ट बलिङ, कति थियो गति?

Nirbachan m

काठमाडौं ।

सनराइजर्स हैदराबादका युवा तीव्र गतिका बलर उमरान मलिकले इण्डियन प्रिमियर लिग (आईपीएल) इतिहासकै तीव्र गतिमा बलिङ गरेका छन् । उनले यो रेकर्ड गएराति सम्पन्न दिल्ली क्यापिटल्सविरुद्धको खेलमा बनाएका हुन् । मलिकले १५७ किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गरे ।

योसँगै उनले दिल्ली क्यापिटल्सका एनरिक नोर्टजेको रेकर्ड तोडेका छन् । यसअघि मलिकले १५५ किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गरेका थिए । अब उनले शन टेटको रेकर्ड बराबर गरेका छन् । शनले पनि आईपीएलमा १५७ किलोमिटर प्रतिघण्टाको गतिमा बल फालेका थिए ।

त्यस्तै, नोर्टजेले २०२० मा १५६ किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गरेका थिए । दिल्लीविरुद्धको खेलमा मलिकले लाइन र लेन्थ कायम गर्न सकेनन् । उनको बलमा दिल्लीका ब्याटरले धेरै रन जोडे । मलिकले ४ ओभरमा ५२ रन खर्चेर कुनै विकेट लिन सकेनन् ।

हैदरावादविरुद्ध टस जितेर ब्याटिङ गरेको दिल्ली क्यापिटल्सले ३ विकेट गुमाएर २०७ रन बनाएको थियो । डेविड वार्नरले अविजित ९२ रन बनाए । पावेलले ३५ बलमा ६ छक्का र तीन चौकाको सहयोगमा नटआउट ६७ रनको योगदान दिए ।

Center article

वार्नर र पावेलले चौथो विकेटका लागि ६६ बलमा अविजित १२२ रनको साझेदारी गरे । त्यस्तै, कप्तान ऋषभ पन्तले २६ र मिचेल मार्शले १० रनको योगदान दिए । हैदराबादका लागि श्रेयस गोपाल, भुवनेश्वर कुमार र शन एबटले एक/एक विकेट लिए । दिल्लीले दिएको २०८ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८६ रन मात्र बनाउन सक्यो ।

उसका लागि विकेटकिपर निकोलस पूरनले आक्रामक पारी खेले पनि टिमलाई जित भने दिलाउन चुके । ३४ बलमा ६ छक्का र दुई चौका हिर्काएका उनले ६२ रन बनाए । त्यस्तै, एडन मार्कमले ४२, राहुल त्रिपाठीले २२ र सशांक सिंहले १० रन जोडे ।

दिल्लीका लागि खलील अहमदले तीन, शार्दुल ठाकुरले दुई, एनरिक नोर्टजे, कुलदीप यादव र मिचेल मार्शले एक/एक विकेट लिए । यो जितसँगै दिल्ली अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । १० अंक भए पनि नेट रन रेटका आधारमा हैदराबाद छैटौं स्थानमा खस्किएको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.