Khabar Board
Flash logo up side
flash header

जिम्बाब्वेविरुद्ध ब्याटिङ गर्दै नेपाल, यी खेलाडीले पाए प्लेइङ–११ मा मौका

Nirbachan m

काठमाडौं ।

जिम्बाब्वे ‘ए’ विरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले टस हारेर ब्याटिङको मौका पाएको छ । नेपाल र जिम्बाब्वेबीचको खेल साढे ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुँदैछ ।

आज बिहान काठमाडौंको केही स्थानमा वर्षा परे पनि नेपाल र जिम्बाब्वेबीचको खेल निर्धारित समयमै हुन लागेको हो । टी–२० श्रंखलामा नेपाल र जिम्बाब्वेले एक/एक खेल जितेका थिए । सो सिरिजको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भयो ।

दोस्रो खेलमा वर्षा बाधक बन्दा तेस्रो म्याचमा नेपालले जिम्बाब्वेलाई आठ विकेटले हरायो । पहिलो खेलमा खराब बलिङ गरेको नेपालले तेस्रो म्याचमा भने शानदार कमब्याक गर्यो । यो खेलमा नेपालले जिम्बाब्वेलाई १३६ रनमै रोकेको थियो ।

Center article

ब्याटिङ पनि शानदार गरेको नेपालले १३७ रनको लक्ष्य १५.५ ओभरमै पूरा गर्‍यो । नेपाल सोही लय एकदिवसीय सिरिजमा पनि कायम राख्ने सोचमा छ । नेपालका लागि यो सिरिजलाई आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका भ्रमणका लागि अभ्यासको रूपमा हेरिएको छ ।

नेपालले जुनमा विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा सिरिज खेल्ने तालिका छ । जिम्बाब्वे ‘ए’ सँगको एकदिवसीयको पहिलो खेल जित्दै नेपाल सिरिजमा सुखद सुरुवात गर्ने लक्ष्यमा छ । जिम्बाब्वे पनि उत्कृष्ट कमब्याक गर्दै जित हात पार्न चाहन्छ ।

जिम्बाब्वेविरुद्ध नेपालको प्लेइङ–११ : आसिफ शेख, कुशल भुर्तेल, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आदिल अन्सारी, आरिफ शेख, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, सागर ढकाल र सुशन भारी ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.