Khabar Board
Flash logo up side
flash header

हार्दिकको गुजरातविरुद्ध खेल्नुअघि मुम्बईको टिममा जोडिए नयाँ खेलाडी

Nirbachan m

काठमाडौं ।

मुम्बई इन्डियन्सका प्रमुख बलरमध्ये एक टिमल मिल्स आईपीएलबाट बाहिरिएका छन् । उनी चोटका कारण मैदान बाहिर भएका हुन् । उनको स्थानमा मुम्बईले दक्षिण अफ्रिकाका ट्रिस्टन स्टब्सलाई टिममा समावेश गरेको छ ।

ट्रिस्टन स्टब्स दक्षिण अफ्रिकाका २१ वर्षीय युवा विकेटकिपर हुन्। उनले १७ टी–२० खेलेका छन् । जसमा उनले १५७.१४ को स्ट्राइक रेटमा तीन अर्धशतकसहित ५०६ रन बनाएका छन्। बीसीसीआईले जारी गरेको एक विज्ञप्तिमा उनलाई २० लाखको आधार मूल्यमा मुम्बईले टोलीमा समावेश गरेको जनाएको छ ।

Center article

स्टब्सले हालै जिम्बाब्वे विरुद्ध राष्ट्रिय दक्षिण अफ्रिकी ‘ए’ टोलीबाट डेब्यु गरेका थिए। उन घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गरिरहेका छन् । आईपीएलको यो सिजनमा मुम्बईको प्रदर्शन राम्रो रहेन ।

मुम्बईका लागि ब्याटिङ ठूलो समस्या बनेको छ । टोलीका शीर्ष ब्याटर लगातार फ्लप साबित भएका छन् । मुम्बईले आफ्नो दशौं खेल आज गुजरात टाइटन्सविरुद्ध खेल्दैछ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.