Khabar Board
Flash logo up side
Nirbachan aayog

एकदिवसीयमा जिम्बाब्वेविरुद्ध निरीह नेपाल, समेटियो सस्तैमा

Nirbachan m

काठमाडौं ।

एकदविसीय सिरिजअन्तर्गत पहिलो खेलमा घरेलु टोली नेपालले जिम्बाब्वे ‘ए’ लाई १३७ रनको सामान्य लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३१.३ ओभरमा सबै विकेट गुमाउँदै १३६ रन मात्र बनाउन सक्यो ।

टी–२० सिरिजको अन्तिम खेलमा जिम्बाब्वे नेपालविरुद्ध १३६ रनमै समेटिएको थियो । त्यसको बदला उसले एकदिवसीय सिरिजको पहिलो खेलमा लियो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रनको योगदान दिए । ७० बलको सामना गरेका उनले दुई चौका र एक छक्का प्रहार गरे ।

Panacea Education

करण केसीले २५, कुशल भुर्तेलले १९ र दीपेन्द्रसिंह ऐरीले १८ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । जिम्बाब्वेका लागि ब्राड इभन्सले चार तथा, भिक्टर न्याउची, ब्रेन्डन माभुता र केफस जुवाओले दुई/दुई विकेट हात पारे ।

आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी स्वरूप नेपालले जिम्बाब्वे ‘ए’ सँग सिरिज खेलिरहेको हो ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.