Khabar Board
Flash logo up side
flash header

ब्याटिङ नचल्दा जिम्बाब्वेविरुद्ध नेपाल पराजित

Nirbachan m

काठमाडौं ।

एकदविसीय सिरिजअन्तर्गतको पहिलो खेलमा घरेलु टोली नेपाल जिम्बाब्वे ‘ए’ सँग पराजित भएको छ । नेपाल शुक्रबार सम्पन्न खेलमा तीन विकेटले पराजित भएको हो । १३७ रनको लक्ष्य जिम्बाब्वेले २६ ओभरमा सात विकेट गुमाउँदै पूरा गर्‍यो ।

जिम्बाब्वेका लागि इनोसेन्ट केइयाले अविजित ४८ रनको योगदान दिए । उनले ४८ बलमा चार चौका र एक छक्का प्रहार गरे । ब्राड इभन्स १७ रनमा अविजित रहे । केफस जुवाओले ३२ र रोय केइयाले १४ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि कप्तान सन्दीप लामिछाने र करण केसीले दुई/दुई तथा सोमपाल कामी र सागर ढकालले एक/एक विकेट लिँदा एक विकेट रन आउटका रूपमा प्राप्त भयो । यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो निम्तो पाएको नेपालले ३१.३ ओभरमा सबै विकेट गुमाउँदै १३६ रन बनाएको थियो ।

Center article

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रनको योगदान दिए । ७० बलको सामना गरेका उनले दुई चौका र एक छक्का प्रहार गरे । करण केसीले २५, कुशल भुर्तेलले १९ र दिपेन्द्रसिंह ऐरीले १८ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

जिम्बाब्वेका लागि ब्राड इभन्सले चार तथा, भिक्टर न्याउची, ब्रेन्डन माभुता र केफस जुवाओले दुई/दुई विकेट हात पारे । यो जितसँगै जिम्बाब्वेले सिरिजमा १–० को अग्रता लिएको छ । दोस्रो खेल शनिबार हुनेछ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.