Khabar Board
Flash logo up side
flash header

बेन स्टोक्सले एकै ओभरमा हिर्काए पाँच छक्का, पूरा गर्लान् दोहोरो शतक?

Nirbachan m

काठमाडौं ।

इंग्ल्याण्डमा जारी काउन्टी च्याम्पियनसिपमा स्टार अलराउन्डर बेन स्टोक्सले एक ओभरमा लगातार पाँच छक्का हिर्काएका छन् । डरहमबाट प्रतियोगिता खेलिरहेका उनले आज वर्सेस्टरशायरविरुद्ध लगातार पाँच छक्का हिर्काएका हुन् ।

स्टोक्सले ११७ औं ओभरमा जोश बेकरको बलमा यो उपलब्धि हासिल गरे । उनले पहिलोदेखि पाँच बलसम्म छक्का र अन्तिम बलमा चौका हिर्काउँदै एक ओभरमा कूल ३४ रन जोडे । दोस्रो दिनको खेल सकिँन अझै ५० ओभर बाँकी रहेको अवस्थामा स्टाक्सले शानदार ब्याटिङ गरेका छन् ।

Center article

उनले यो समाचार तयार पार्दासम्म ८६ बलमा १७ छक्का र आठ चौकासहित १६१ रन बनाएर खेलिरहेका छन् । अर्को एन्डबाट खेलिरहेका डेभिड बेडिङहम १२८ रनमा अविजित छन् । त्यस्तै, सेन डिक्सन १०४, कप्तान स्कट बोर्थविक ८९, कीगन पीटरसन ५० र एलेक्स लीस २७ रन बनाएर आउट भएका छन् ।

खेलको दोस्रो दिनसम्म डरहमले १२५ ओभर खेल्दा चार विकेट गुमाएर ५७२ रन बनाइसकेको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.