Khabar Board

शीर्ष स्थानको गुजरातमाथि मुम्बईको रोमाञ्चक जित, यस्तो बन्यो अंक तालिका

काठमाडौं ।

भारतमा जारी १५ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गुजरात टाइटन्सविरुद्ध मुम्बई इण्डियन्स ५ रनले विजयी भएको छ । जारी सिजनमा मुम्बईको यो लगातार दोस्रो जित हो । उसले अघिल्लो खेलमा राजस्थान रोयल्सलाई ५ विकेटले हराएको थियो ।

यता शीर्ष स्थानको गुजरातले भने लगातार दोस्रो हार बेहार्न पुग्यो । ऊ अघिल्लो खेलमा पञ्जाब किंग्सविरुद्ध आठ विकेटले पराजित भएको थियो । आफ्नो ११ औं खेलमा मुम्बईले दिको १७८ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो ।

उसका लागि ऋद्धिमान साहले ५५, शुभमन गिलले ५२, कप्तान हार्दिक पाण्ड्याले २४, डेविड मिलरले अविजित १९ र साइ सुदर्शनले १४ रन बनाए । मुम्बईका लागि मुर्गन आश्विनले दुई र किरण पोलार्डले एक विकेट लिए । मुम्बईलाई दुई विकेट भने रन आउटको रूपमा प्राप्त भयो ।

त्यसअघि, घरेलु मैदान ब्रेबोर्नमा टस हारेर ब्याटिङको मौका पाएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७७ रन बनायो । उसका लागि इशान किशनले २९ बलमा पाँच चौका र एक छक्कासहित ४५, रोहित शर्माले २८ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा ४३ रन बनाए । त्यस्तै, टिम डेविडले उत्कृष्ट फिनिसिङ गरे ।

उनले २१ बलमा चार छक्का र दुई चौकासहित अविजित ४४ रन बनाए । तिलक वर्माले २१ र सूर्यकुमार यादवले १३ रनको योगदान दिए । गुजरातका लागि राशिद खानले दुई, अल्जारी जोसेफ, प्रदीप सांगवान र लीक फर्ग्युसनले एक/एक विकेट लिए । गुजरातलाई एक विकेट भने रन आउटको रूपमा प्राप्त भयो ।

जारी सिजनमा गुजरातले ११ म्याच खेल्दा तीनमा हार र आठ खेलमा जित हात पारेको छ । मुम्बईले भने १० म्याच खेल्दा केवल दुई खेल मात्र जितेको छ । सुरुवाती आठ खेल लगातार हार्दा मुम्बई प्लेअफ दौडबाट बाहिरिसकेको छ ।

रोहितले बनाए रेकर्ड

मुम्बईका कप्तान रोहित शमौले नयाँ उपलब्धि हासिल गरेका छन् । उनले मुम्बईका लागि २०० छक्का हिर्काउने भारतीय ब्याटर बन्दै नयाँ उपलब्धि हासिल गरेका हुन् । रोहितले हालसम्म मुम्बईका लागि २०१ छक्का हिर्काएका छन् ।

मुम्बईका लागि सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान चाहिँ किरण पोलार्डको नाममा छ । उनले अहिलेसम्म २५७ छक्का हिर्काएका छन् । यो सूचीको तेस्रो स्थानमा हार्दिक पाण्ड्याको नाम आउँछ । उनले मुम्बईमा रहँदा ९८ छक्का हिर्काएका थिए ।

मुम्बई र गुजरातको म्याचपछि यस्तो बन्यो अंक तालिका :

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.