Khabar Board
Flash logo up side
flash header

हार्नै लागेको म्याचमा रोमाञ्चक जित निकालेपछि यस्तो भन्छन् रोहित

Nirbachan m

काठमाडौं ।

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) २०२२ अन्तर्गत गुजरात टाइटन्सविरुद्ध मुम्बई इण्डियन्सले रोमाञ्चक जित निकाल्यो । गएराति सम्पन्न खेलमा उसले गुजरातमाथि ५ रनको रोमाञ्चक जित निकालेको हो ।

अन्तिम ओभरमा निकालेको रोमाञ्चक जितपछि कप्तान रोहित शर्मा खुसी छन् । ‘यस जितको श्रेय बलरलाई जान्छ। हामीले राम्रो सुरुवात गरेर ठूलो स्कोर गर्न सकेनौं । हामी १५/२० रन पछाडि थियौं । जसरी सुरु गर्यौं, बिचमा अड्कियौं । तर, बलिङमा डानियल साम्सले उत्कृष्ट प्रदर्शन गरे । साथै, ब्याटिङमा टिम डेविडको ब्याटिङ त्यत्तिकै उत्कृष्ट थियो,’ उनले खेल सकिएपछि भनेका छन् ।

रोहितले प्लेअफ दौडबाट बाहिरिसके पनि उत्कृष्ट अन्त्य गर्ने बताए । ‘हामीले उत्कृष्ट कमब्याक गरेका छौं । आफ्नो सीप पूर्णरूपमा प्रयोग गरिरहेका छौं । हामी शानदार अन्त्य चाहन्छौं । र, त्यहीअनुसार खेल्ने प्रयास जारी छ,’ उनले भने ।

अन्तिम ओभरमा गुजरातलाई जितको लागि ६ रन आवश्यक थियो । तर, डानियल साम्सले केवल यो ओभरमा ३ रन मात्रै खर्चिए । जारी सिजनमा मुम्बईको यो ल गातार दोस्रो जित हो । उसले अघिल्लो खेलमा राजस्थान रोयल्सलाई ५ विकेटले हराएको थियो ।

यता शीर्ष स्थानको गुजरातले भने लगातार दोस्रो हार बेहार्न पुग्यो । ऊ अघिल्लो खेलमा पञ्जाब किंग्सविरुद्ध आठ विकेटले पराजित भएको थियो । आफ्नो ११ औं खेलमा मुम्बईले दिको १७८ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो ।

Center article

उसका लागि ऋद्धिमान साहले ५५, शुभमन गिलले ५२, कप्तान हार्दिक पाण्ड्याले २४, डेविड मिलरले अविजित १९ र साइ सुदर्शनले १४ रन बनाए । मुम्बईका लागि मुर्गन आश्विनले दुई र किरण पोलार्डले एक विकेट लिए । मुम्बईलाई दुई विकेट भने रन आउटको रूपमा प्राप्त भयो ।

त्यसअघि, घरेलु मैदान ब्रेबोर्नमा टस हारेर ब्याटिङको मौका पाएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७७ रन बनायो । उसका लागि इशान किशनले २९ बलमा पाँच चौका र एक छक्कासहित ४५, रोहित शर्माले २८ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा ४३ रन बनाए । त्यस्तै, टिम डेविडले उत्कृष्ट फिनिसिङ गरे ।

उनले २१ बलमा चार छक्का र दुई चौकासहित अविजित ४४ रन बनाए । तिलक वर्माले २१ र सूर्यकुमार यादवले १३ रनको योगदान दिए । गुजरातका लागि राशिद खानले दुई, अल्जारी जोसेफ, प्रदीप सांगवान र लीक फर्ग्युसनले एक/एक विकेट लिए । गुजरातलाई एक विकेट भने रन आउटको रूपमा प्राप्त भयो ।

जारी सिजनमा गुजरातले ११ म्याच खेल्दा तीनमा हार र आठ खेलमा जित हात पारेको छ । मुम्बईले भने १० म्याच खेल्दा केवल दुई खेल मात्र जितेको छ । सुरुवाती आठ खेल लगातार हार्दा मुम्बई प्लेअफ दौडबाट बाहिरिसकेको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.