Khabar Board
Flash logo up side
flash header

स्टोक्सले खेले १६१ रनको विस्फोटक पारी, गरे चौका/छक्काको वर्षा

Nirbachan m

काठमाडौं ।

इंग्ल्याण्डका नवनियुत्त, टेष्ट कप्तान बेन स्टोक्सले शानदार ब्याटिङ गरेका छन् । उनले काउन्टी च्याम्पियनसिपमा डरहमको तर्फबाट खेल्दै १६१ रनको विस्फोटक पारी खेलेका हुन् । सोक्सले यो पारी वर्सेस्टरशायरविरुद्ध खेलेका हुन् ।

जारी प्रतियोगिताको पहिलो खेल म्याच खेल्दै उनले ६४ बलमै शानदार शतक बनाए । एकसमय स्टोक्सले ५९ बलमा ७० रन बनाएर ब्याटिङ गरिरहेका थिए । त्यसपछि उनले वर्सेस्टरशायर बायाँ हाते स्पिनर जोस बेकरको एकै ओभरमा लगातार पाँच छक्का प्रहार र एक चौका हिर्काउँदै आफ्नो शतक पूरा गरे ।

Center article

स्टोक्सले यो ओभरमा कुल ३४ रन जोडे । उनले इनिङ्सको सुरुमा सावधानीपूर्वक खेले । र, स्टोक्सले ४७ बलमा अर्धशतक पूरा गरे । तर, उनले अर्को ५० रन पूरा गर्न केवल १७ बलको मात्रै सामना गरे । स्टोक्सले पहिलो पारीमा ८८ बलमा १७ छक्का र आठ चौकासहित कुल १६१ रन बनाए ।

उनीबाहेक डरहमको पहिलो पारीमा डेभिड बेडिङहमले १३५, सेन डिक्सनले १०४, स्कट बोर्थविकले ८९, कीगन पीटरसनले ५० र एलेक्स लीसले २७ रनको योगदान दिए । डरहमले पहिलो पारी ५८०/६ को अवस्थामा समाप्ती गरेको छ । जवाफमा वर्सेस्टरशायरले खराब प्रदर्शन गरेको छ । उसले दोस्रो दिनको समाप्तिमा ६ विकेट गुमाएर १६९ रन बनाएको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.