Khabar Board
Flash logo up side
Nirbachan aayog

जिम्बाब्वेविरुद्ध नेपालको उत्कृष्ट सुरुवात, पहिलो बलमै लियो महत्वपूर्ण विकेट

Nirbachan m

काठमाडौं ।

जिब्बाब्वे ‘ए’ सँगको वानडे सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ । टस जितेर फिल्डिङ रोजेको नेपालले पहिलो बलमै विकेट प्राप्त गरेको छ । नेपालले पहिलो ओभरको पहिलो बलमै करण केसीले सफलता दिलाएका हुन् ।

उनले जिम्बाब्वेका प्रारम्भिक ब्याटर इनोसेन्ट कियालाई शून्यमै आरिफ शेखको हातबाट क्याच गराए । इनोसेन्टले पहिलो खेलमा सर्वाधिक अविजित ४८ रन बनाएका थिए । आज भने उनी शून्यमै पवेलिएन फर्किए । नेपाल–जिब्बाब्वेबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको हो । नेपालले आज प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गरेको छ ।

दोस्रो खेलमा नेपालले सुशन भारी र आदिल अन्सारीलाई विश्राम दिँदै सुनिल धमला र विनोद भण्डारीलाई मौका दिएको छ । पहिलो खेलमा ३ विकेटले पराजित भएको नेपाल उत्कृष्ट कमब्याक गर्न चाहन्छ । शुक्रबार भएको पहिलो खेलमा बलिङमा राम्रो गरेको नेपालले ब्याटिङमा भने निकै खराब प्रदर्शन गर्‍यो ।

उत्कृष्ट सुरुवातका बाबजुद ब्याटिङमा नेपाल १३६ रनमै समेटिएको थियो । सिरिजमा जीवितै रहन नेपालले आजको खेल जित्नैपर्ने हुन्छ । जिम्बाब्वे भने आज जित हात पार्दै एक खेल अगावै सिरिज आफ्नो पक्षमा पार्न चाहन्छ । शुक्रबार भएको पहिलो एकदिवसीयमा नेपालले दिएको १३७ रनको लक्ष्य जिम्बाब्वेले २६ ओभरममा ७ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहित कुमार पौडेल, सुनिल धमला, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, करण केसी, सन्दीप लामिछाने (कप्तान) र सागर ढकाल ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.