Khabar Board
Flash logo up side
Nirbachan aayog

दोस्रो खेलमा करण र सोमपालको शानदार बलिङ, जिम्बाब्वेले ३५ रन नबनाउँदै गुमायो ६ विकेट

Nirbachan m

काठमाडौं ।

जिब्बाब्वे ‘ए’ सँगको वानडे सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले शानदार बलिङ गरेको छ । टस जितेर फिल्डिङ रोजेको नेपालले १२ ओभरमा सकिँदा जिम्बाब्वेको महत्वपूर्ण ६ ब्याटरलाई पवेलियनको दिशा देखाइसकेको छ । नेपाललाई छैटौँ सफलता सोमपाल कामीले नै दिलाए ।

उनले व्यक्तिगत तेस्रो विकेट लिने क्रममा ११.४ ओभरमा कप्तान टोनी मुनियोङ्गालाई आउट गरे । उनलाई सोमपालले २ रनमा आउट गरे । १२ ओभरमा जिम्बाब्वेका एक ब्याटरले मात्र दोहोरो अंक (१०) मा रन जोड्न सकेनन् ।

यो अवस्थामा सोमपालले ६ ओभरमा १४ रन दिएर ३ विकेट हात पारेका छन् । त्यस्तै, करण केसीले ६ ओभरमा दुई मेडनसहित १६ रन दिएर ३ विकेट नै लिएका छन् । यो समाचार तयार पार्दासम्म जिम्बाब्वेले १४ ओभरमा ६ विकेट गुमाएर ३३ रन बनाएको छ । नेपालले आज प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गरेको छ ।

Panacea Education

दोस्रो खेलमा नेपालले सुशन भारी र आदिल अन्सारीलाई विश्राम दिँदै सुनिल धमला र विनोद भण्डारीलाई मौका दिएको छ । पहिलो खेलमा ३ विकेटले पराजित भएको नेपाल उत्कृष्ट कमब्याक गर्न चाहन्छ । शुक्रबार भएको पहिलो खेलमा बलिङमा राम्रो गरेको नेपालले ब्याटिङमा भने निकै खराब प्रदर्शन गर्‍याे ।

उत्कृष्ट सुरुवातका बाबजुद ब्याटिङमा नेपाल १३६ रनमै समेटिएको थियो । सिरिजमा जीवितै रहन नेपालले आजको खेल जित्नैपर्ने हुन्छ । जिम्बाब्वे भने आज जित हात पार्दै एक खेल अगावै सिरिज आफ्नो पक्षमा पार्न चाहन्छ । शुक्रबार भएको पहिलो एकदिवसीयमा नेपालले दिएको १३७ रनको लक्ष्य जिम्बाब्वेले २६ ओभरममा ७ विकेट गुमाएर पूरा गर्‍याे ।

नेपालको प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहित कुमार पौडेल, सुनिल धमला, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, करण केसी, सन्दीप लामिछाने (कप्तान) र सागर ढकाल ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.