Khabar Board
Flash logo up side
Nirbachan aayog

पञ्जाबले दियो राजस्थानलाई बलियो लक्ष्य, बेयरिस्टो र जितेशले खेले उत्कृष्ट पारी

Nirbachan m

काठमाडौं ।

भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) को ५२ औं खेलमा पञ्जाब किंग्सले राजस्थान रोयल्सलाई १९० रनको लक्ष्य दिएको छ । मुम्बईस्थित वानखडे स्टेडियममा टस जितेर ब्याटिङ रोजेको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८९ रन बनायो ।

उसका लागि जोनी बेयरिस्टो र जितेश शर्माले उत्कृष्ट पारी खेले । बेयरिस्टोले ४० बलमा आठ चौका र एक छक्कासहित ५६ रन बनाए । जितेशले १८ बलमा चार चौका र दुई छक्काको मद्दतमा अविजित ३८ रनको पारी खेले ।

Panacea Education

त्यस्तै, भानुका राजापाक्षले २७, लियाम लिभिङस्टोनले २२, कप्तान मयंक अग्रवालले १५ र शिखर धवनले १२ रनको योगदान दिए । राजस्थानका लागि युजवेन्द्र चहलले तीन, रविचन्द्रन आश्विन र प्रसिद्ध कृष्णाले एक/एक विकेट लिए ।

जारी लिगमा राजस्थानले १० म्याच खेल्दा ६ मा जित र चार खेलमा हार बेहोरेको छ । ऊ १२ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । पञ्जाबले १० म्याच खेल्दा पाँचमा जित र पाँच खेलमा हारको सामना गरेको छ । ऊ तालिकाको सातौँ स्थानमा छ ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.