काठमाडौं ।
कीर्तिपुरस्थित त्रिवि मैदानको आउटफिल्ड गिलो भएका कारण नेपाल र जिम्बावे ‘ए’ बीचको तेस्रो तथा निर्णायक एकदिवसीय खेल ३३ ओभरमा घटाइएको छ।
गए राति भएको वर्षाका कारण मैदानमा पानी जमेका कारण खेलको टस मध्यान्ह १२:३० मा हुने र दुवै टिमले ३३-३३ ओभर खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। यसअघि भएको पहिलो खेलमा जिम्बावे विजयी भएको थियो। दोस्रो खेलमा नेपालले उत्कृष्ट बलिङ गर्दा जिम्बावेलाई पराजित गरेको थियो।
यसअघि भएको टी-२० सिरिज भने १-१ को बराबरीमा सकिएको थियो। नेपालले आगामी महिना अमेरिकामा हुने आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत घरेलु टिम अमेरिका र ओमानविरुद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीका लागि जिम्बावेसँग खेलेको हो।
