काठमाडौं ।
नेपालले कतारमा दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । एएफसी एसियन कप छनोट अघि नेपालले कतारको दोहामा दुई मैत्रीपूर्ण खेल खेल्ने भएको हो । कतार फुटबल एसोसियनले बुधबार दुई मैत्रीपूर्ण खेल्ने तालिका सार्वजनिक गरेको छ । कतार एफएको अनुसार नेपालले जेठ १४ गते टिमोर लिस्टे र जेठ २० गते ओमानसँग खेल्ने जनाएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले भने मैत्रीपूर्ण पक्का भईनसकेको बताए । ‘हामीले मैत्रीपूर्णको तयारी गरिरहेका छौँ । तर, दुबै टिमसँग खेल्ने पक्का भईसकेको छैन,’ उनले भने । यस अघि नेपालले अफगानिस्तानसँग खेल्ने तालिका रहेको थियो । तर, अफगानिस्तान कतार आउन नमानेपछि खेल स्थगित भएको थियो ।
नेपाली टोलीले एसियाली पावरहाउस देशहरुसँग एसियन कप छनोट तेस्रो चरणमा प्रतिस्पर्धा गर्नुपर्नेछ। नेपाल रहेको समूह ए मा जोर्डन, कुवेत र इण्डोनेसिया छन्। नेपालले जेठ २५ गते जोर्डन, जेठ २८ गते कुवेत र ३१ गते इण्डोनेसियासँग खेल्दैछ।
छनोटका लागि नेपालले टोलीको घोषणा गरिसकेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले कप्तान किरण चेम्जोङसहितका ११ सिनियर खेलाडी बाहिर राख्दै २३ सदस्सीय टोलीको घोषणा गरेको हो ।
नेपाली टोली : गोलकिपर : दिप कार्की, बिशाल सुनार, टिकेन्द्र सिंह थापा, डिफेन्स : विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, सुमन अर्याल, मिडफिल्डर : आकाश बुढा क्षेत्री, एरिक विष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन राना मगर, सन्तोष तामाङ, सेन्सेहाङ आङ्दाम्बे, सुनिल बल, सुरज ज्यू ठकुरी, फरवार्ड : आयुश घलान, दर्शन गुरुङ, जर्ज प्रिन्स कार्की, मनिष डाँगी, नवयुग श्रेष्ठ















