Khabar Board
Flash logo up side
Nirbachan aayog

यू-१९ विश्वकप छनोटमा कतारमाथि नेपालकाे फराकिलो जित, सृष्‍टिको अलराउन्ड प्रदर्शन

Nirbachan m

काठमाडौं ।

आईसीसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियामा भएको खेलमा नेपालले कतारलाई ७९ रनले हराउँदै प्रतियोगितामा महत्वपूर्ण दुई अंक जोडेको हो ।

नेपालले दिएको ११८ रनको विजयी लक्ष्य पछ्याएको कतार १५ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ३८ रनमा समेटियो । उसका लागि साची धडवाल र श्रुतिबेन कमलेशभाई राणाले सर्वाधिक १४/१४ रन बनाए । बलिङमा सृष्‍टि जैशीले ४ ओभरमा एक मेडनसहित पाँच रन दिएर तीन विकेट लिइन् ।

त्यस्तै, स्नेहा महरा, कृतिमा मरासैनी र अनु कडायतले दुई/दुई विकेट लिए । त्यसअघि ब्याटिङ गरेको नेपालले पूरा २० ओभरमा ३ विकेट गुमाएर ११७ रन बनाएको थियो । नेपालका लागि आश्मा पुलामी मगरले अविजित ३२, सृष्‍टि जैशीले अविजित २३, अनु राजवंशीले २१ र अञ्जली विश्कर्माले ११ रनको योगदान दिए । कतारका लागि अलिन खान र साची धडवालले एक/एक विकेट लिए ।

Panacea Education

६ राष्ट्र सहभागी प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले अर्को वर्ष दक्षिण अफ्रिकामा हुने विश्वकपमा स्थान बनाउने छ । प्रतियोगितामा नेपालसँगै मलेसिया, संयुक्त अरब इमिरेट्स ९यूएई०, थाइल्यान्ड, भुटान र कतार सहभागी छन् ।

नेपालको तुलनामा अन्य टोली कमजोर देखिए पनि नेपालको खास परीक्षा थाइल्यान्डविरुद्ध हुनेछ । पछिल्लो समय थाइल्याण्डविरुद्ध नेपाली टिमको प्रदर्शन सन्तोषजनक रहन सकेको छैन । नेपालले शनिबार यूएई, सोमबार भुटान, मंगलबार थाइल्यान्ड र बिहीबार मलेसियासँग खेल्ने तालिका छ ।

नेपाली टिम : कृतिका मरासिनी (कप्तान), स्नेहा महरा, शृष्टि जैसी, मनिषा उपाध्याय, अन्जली विक, मनिषा रानामगर, अलिषा यादव, साना प्रविन, रन्जु श्रेष्ठ, आस्मा पुलामीमगर, सानु राजवंशी, किरण कुँवर, अनु कडायत र सुस्मिता भुसाल ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.