Khabar Board
Flash logo up side
flash header

एसीसी महिला टी २० च्याम्पियनसिपमा कुवेतमाथि नेपालको शानदार जित, यस्तो बन्यो अंक तालिका

Nirbachan m

काठमाडौं ।

नेपालले मलेसियामा जारी एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ ।किनरारा ओभलमा शनिबार कुवेतलाई २५ रनले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो ।

नेपालले दिएको १ सय ८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कुवेतले २० ओभरमा ७ विकेट गुमाएर ८२ रन मात्र बनाउन सक्यो ।

कुवेतका लागि प्रियादा मुरालीले ३१ रन जोडिन् । यस्तै मारिमा हेदरले १५ तथा कप्तान आम्ना तारिकले १४ रन बनाईन्। नेपालकी अश्मिना कर्माचार्य, सीता मगर,संगीता राई र इन्दु वर्माले एक एक विकेट लिईन् ।

त्यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो ।नेपालका लागि कप्तान रुबिना क्षत्रीले सर्वाधिक रन जोडिन्। उनले २७ बलमा ४ चौकासहित अविजित ३४ रन बनाइन्।

Center article

यस्तै, इन्दु बर्माले नटआउट २८, ज्योति पाण्डेले १५ र विन्दु रावलले ११ रनको योगदान दिइन्। बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकिनन्। कुवेतका लागि मरियम हैदरले सर्वाधिक २ विकेट लिइन्।

शुक्रबार भएको पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले हराएको थियो । कुवेत र बहराइनबीचको पहिलो खेल वर्षाले नतिजा विहीन बनेको थियो । कुवेतविरुद्धको यस अघिको दुई भेटमा नेपालले जित निकालेको थियो ।

यस जितसँगै नेपालले २ खेलमा ४ अंक जोडेको छ।  समूह ‘बी’ मा रहेको नेपाल शीर्ष स्थानमा रहेको छ । शुक्रबार भएको पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले हराएको थियो ।

कुवेतले २ खेलमा १ अंक जोडेको छ। कुवेत र बहराइनबीचको पहिलो खेल वर्षाले नतिजा विहीन बनेको थियो । अब नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.